Comments Add Comment

जोशीबारेको निर्णय सर्‍यो, सुनुवाई समितिको बैठक स्थगित

११ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।

शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको सूचना दिइएको समितिका एक सदस्यले जानकारी दिए ।
यसअघि प्रस्तावित प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाई गरी शुक्रबार निर्णय गर्ने भनिएको थियो ।

तर जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको एक सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment