Comments Add Comment

नगरपालिकाको भवन बनाउन मेयरले गरे जग्गा दान

११ साउन, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकाका मेयरले नगरपालिकाको कार्यालय भवनका लागि करोडौं मूल्य बराबरको जग्गा दान गरेका छन् ।

नगरपालिकाको केन्द्र बोदे बर्साइनमै कार्यालयको भवन बनाउन मेयर आतेशकुमार सिंह यादवले १० कठ्ठा जग्गा दान गरेका हुन् । उनले शुक्रबार जिल्ला मालपोत कार्यालय राजविराज आएर नगरपालिकाको नाममा जग्गा रजिष्ट्रेशन गरिदिएका छन् ।

मेयर यादवकै नाममा रहेको यो जग्गा हुलाकी राजमार्गदेखि दुई सय मिटर दक्षिण बोदे बर्साइन बजार नजिकै रहेको छ ।

मेयर यादवले नगरपालिकाको प्रथम नगरसभामा नै कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने घोषणा गरेका थिए । सोही घोषणा स्वरुप जग्गा रजिष्ट्रेशन गरिएको प्रतिकृया उनले दिएका छन् ।

मेयरले जग्गा दान गर्ने घोषणा गरेसँगै भवन निर्माणका लागि दुई करोड रकमसमेत विनियोजन गराइसकेको नगरपालिकाका कार्यकारी अधिकृत उमेश यादवले बताए । उनका अनुसार नगरपालिकाको भवन निर्माण कार्य अब द्रूत गतिमा हुनेछ ।

सप्तरीको १८ स्थानीय तहमध्ये सदरमुकाम राजविराजबाहेक सबै तहको कार्यालय सानो कोठामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment