Comments Add Comment

७ बर्षका आयुबको ‘मेरी मामु’मा पोखियो यस्तो पीडा


आशुसेन फिल्मस् प्रालिले आफ्नो चौथो प्रोजेक्टको रुपमा ‘मेरी मामु’ तयार पारेको छ । भदौको १५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको आज शिर्ष गीत सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्माणमा तयार भएको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।

एउटा बालक र उसको आमाको आत्मियताको कथालाई चलचित्रले उठान गरेको छ । सार्वजनिक गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द र रोहिन जोन क्षेत्रीको स्वर छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आयुब सेनलाई फिचरिङ गरिएको छ । साथमा अर्का मुख्य कलाकार सारुक ताम्राकारलाई गीतको भिडियोमा देख्न सकिन्छ । आफ्नी आमा नहुँदा एक बालकको पीडालाई गीतको भिडियोमा देखाइएको छ । चलचित्रमा निर्माता सेनका ७ बर्षिय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ ।

चलचित्रको बारेमा निर्देशक थापाले भने–‘एउटी आमाले छोरालाई तुलसीमा पानी हाल भन्दा मान्दैन । तर, जब उसकी आमाको निधन हुन्छ उसले दैनिक तुलसीको बोटमा पानी हाल्छ । यही कथामा यो चलचित्र तयार भएको छ ।’
निर्माता सेनले आफूले छोराका लागि करोड लगानी नगरेको बताए । आयुबलाई चलचित्रका लागि आफूले ६ महिनादेखि प्रशिक्षणमा राखेको समेत उनले खुलाए । छोराले चलचित्रका लागि निकै दुख गरेको उनको भनाई थियो ।

यस्तै, चलचित्रकी नायिका कुुसुम गुरुङले पहिलो चलचित्रमा नै आमा बन्दा पनि आफूलाई कुनै चिन्ता नरहेको बताइन् । आफू कलाकार बन्न आएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment