Comments Add Comment

पेटमा थियो ट्युमर तर गर्भवती भन्दै ९ महिनासम्म गरियो उपचार

सांकेतिक तस्वीर

काठमाडौं । डाक्टरहरुले विरामीको उपचारमा कतिसम्म लापरवाही गर्दछन् भन्ने कुराको अर्को उदेक लाग्दो उदाहरण सार्वजनिक भएको छ । पेटमा ट्युमर भएकी एक महिलालाई गर्भवती भन्दै नौ महिनासम्म उपचार गरिएको खबर सार्वजनिक भएको हो ।

यो सन् २०१६ मा भारतको तमिलनाडुमा भएको खबर हो । तमिलनाडुको एक सरकारी अस्पतालका डाक्टरहरुले महिलाको पेटमा पलाएको ट्युमरलाई गर्भ बसेको भन्दै उपचार गरेका छन् ।

पीडित महिलाले आफ्नो उपचारमा लापरवाही गरिएको भन्दै डाक्टरहरुलाई कारवाहीको माग गर्दै अदालतको ढोका ढक्ढकाएकी छन् । उनले पाँच लाख रुपैयाँ जरिवानासहित कारवाहीको माग गरेकी छन् ।

पीडित महिलाका अनुसार उनको महिनावारी अनियमित भएपछि अस्पताल गएकी थिइन् । स्वास्थ्य जाँच गरेपछि डाक्टरहरुले उनी गर्भवती भएको बताए । मार्च महिनामा अस्पताल पुगेकी उनलाई नोभेम्बर महिनामा बच्चा जन्मिने मिति पनि दिइयो । तर, बच्चा जन्मिने समय आए पनि उनलाई प्रसव पीडा भएन । त्यसपछि ति महिला फेरि अस्पताल पुगिन् । डाक्टरहरुले भिडियो एक्सरे गरेर बच्चा ठीक भएको बताए र अझै केही दिन पर्खिन भने ।

२१ नोभेम्बरमा उनलाई एकदमै पेट दुख्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो । त्यतिबेला बल्ल डाक्टरहरुले भने कि उनको पेटमा बच्चा होइन, ट्युमर पो छ ।

यी सबै विवरण खुलाएर उनले मद्रास उच्च अदालतमा मुद्दा दर्ता गराएकी छन् । गर्भवती भएको भनेर डाक्टरहरुले झूठो बताएको र गर्भावस्थामा खाने अनावश्यक औषधिहरु खान दिएको भन्दै उनले उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment