Comments Add Comment

प्रियंकाको गर्धनमा ‘आयाङ्क’ नामको ट्याटु


नायिका प्रियंका कार्कीको इन्स्टाग्राम हेर्ने हो भने दैनिक रुपमा उनले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँगको सम्बन्धको बिषयमा लेखिरहेकी छिन् । प्रियंकाले आखिर किन, आफ्नो सम्बन्धलाई अझै बढी परिभाषित गर्न खोजिरहेकी छिन्, त्यो वुझ्नका लागि लामो समय घोत्लनै पर्दैन ।

नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’को एउटा हट गीत सार्वजनिक भएपछि उनी विवादमा तानिइन् । यसले आयुष्मान र प्रियंकाको सम्वन्धमा समेत असर पर्नसक्ने भनेर आलोचना भैरहेको छ ।

तर, प्रियंकाले भने अमेरिकामा नै रहँदा आयुष्मान र फ्यानलाई सरप्राइज दिएकी छिन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम ‘आयांक’ राखेका छन् ।

प्रियंकाले आफ्नो गर्धनमा यही नाममा ट्याटु खोपेकी छिन् । उनले सधैभरीको माया भन्दै ट्याटु खोपेको तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

के प्रियंका आयुष्मानसँगको सम्बन्ध अझै प्रगाढ छ भनेर साबित गर्न खोजिरहेकी हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment