Comments Add Comment

अश्लेषा भन्छिन्-‘अफर आयो, तर धेरै फिल्म गरेर काम छैन’


चलचित्र ‘प्रेमगीत २’मा काम गरेपछि चर्चा र आलोचना दुबै भोगेकी नायिका हुन् अश्लेषा ठकुरी । अश्लेषा ठकुरीको कामलाई दर्शकले मिश्रति प्रतिक्रिया दिए । चलचित्र रिलिज भएर हिट भएपनि अश्लेषाले नयाँ चलचित्रमा काम भने पाएकी छैनन् ।

तर, अश्लेषा आफूले काम नपाएको भन्दा पनि नगरेको सुनाउँछिन् । उनले भनिन्-‘अफर आयो भन्दैमा बर्षमा ६-७ वटा चलचित्रमा काम गर्नुपर्छ भन्ने छैन । मलाई अफर आएको चलचित्र मैले गर्न सक्छु र राम्रो लाग्यो भने मात्र गर्ने हो । नत्र, गरेर काम पनि छैन ।’

अश्लेषाले आफूलाई ‘मेरी मामु’को टिमबाट अफर आएको र यो भूमिका गर्न सक्छु भन्ने लागेपछि मात्र गरेको बताइन् । निर्माता सन्तोष सेन र उनको ब्यानर आशुसेन फिल्मस्को चलचित्रमा मात्र काम गर्नुपर्छ भन्ने सोच आफ्नो नरहेको अश्लेषाको भनाई छ ।

गतबर्ष चलचित्र रिलिज हुँदा अश्लेषाको चर्चा खुबै भएको थियो । तर, अहिले यो चर्चा सेलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment