Comments Add Comment

२ बर्षपछि पर्दामा आएकी श्रृष्टी, तर पत्याएनन् दर्शकले


चलचित्र ‘गाजलु’ रिलिजपछि २ बर्ष पर्दामा नदेखिएकी नायिका श्रृष्टी श्रेष्ठ शुक्रबारबाट रिलिज भएको ‘रोमियो एन्ड मुना’ चलचित्रमार्फत पर्दामा आइन् ।

‘मिस नेपाल’ हुँदा जुन खालको उचाई र क्रेज श्रृष्टीले पाएकी थिइन्, त्यो अहिले छैन भन्दा पनि हुन्छ । उनै, श्रृष्टीले नायक विनय श्रेष्ठसँग जोडी बाँधेर काम गरेको चलचित्र ‘रोमियो एन्ड मुना’ले शुक्रबार र शनिबार आशातित व्यापार गर्न सकेन । राम्रै प्रचार र स्क्यान्डल मच्चाइएतापनि यो चलचित्रको व्यापार शुक्रबार र शनिबार कमजोर रहेको हल संचालकहरुले बताएका छन् ।

मल्टिप्लेक्समा चलचित्रले शनिबार पनि त्यस्तो आकर्षक व्यापार गरेन । अंग्रेजी चलचित्रको मारमा परेको ‘रोमियो एन्ड मुना’ले शनिबारको बिदाको दिनमा सिंगल र मल्टिप्लेक्स हलमा दर्शकलाई आकषिर्त गर्न सकेन ।

काठमाण्डौको गोपीकृष्णले गोपी हलमा चलचित्र लगाएपनि शनिबार ओममा सारिदिएको छ । गत हप्ता रिलिज भएको चलचित्र ‘भैरे’ नयाँ रिलिज चलचित्र ‘रोमियो एन्ड मुना’ भन्दा गोपिकृष्ण हलमा माथि रहेको हल संचालकले बताएका छन् ।

यस्तै, शुक्रबार नै रिलिज भएको चलचित्र ‘चि मुसी ची’लाई पनि दर्शकले पत्याएनन् । काठमाण्डौको क्यूएफएक्सले शुक्रबार २ शो दिएपनि यो चलचित्रलाई शनिबार नै शो दिएन ।

यो बर्ष साउनको दोश्रो हप्तासम्म आइपुग्दा नेपाली चलचित्रको व्यापार निकै कमजोर छ । हिन्दी चलचित्र ‘सञ्जु’ बाहेक अन्य चलचित्र हेर्न हलमा दर्शकले खासै मन गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment