Comments Add Comment

चीन हुँदै समुन्द्रसम्म पहुँच पुर्‍याउन चाहन्छौंः प्रधानमन्त्री ओली

'नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिदैनाैं'

१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूपरिवेष्ठित देश भएकोले चीन हुँदै समुन्द्रसम्म पहुँच पुर्‍याउन चाहेको बताएका छन् ।

बुधबार चीनका उपविदेश मन्त्री वाङ वाजुनसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनसँग भएका सन्धिलाई निश्कर्षमा पुर्‍याउने भन्दै समुन्द्रसम्म पहुुँच बढाउन चाहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिट्टै निश्कर्षमा पुर्‍याउँदैछौं ।’ उनले अघि भने–हामी भूपरिवेष्ठित देश भएकोले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा्रन्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको स्पष्ट पारे ।

भेटकै क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । ‘हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।’
प्रधानमन्त्रीलाई भेट्न पुगेका उपविदेश मन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताएका छन् ।

गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको उनले बताए ।

‘सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ । उपविदेश मन्त्री वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment