Comments Add Comment

‘गोपी’मा बर्षाको इन्ट्री, सुरक्षा भन्छिन्-‘ग्ल्यामर थपियो’


छायांकनको तयारीमा रहेको चलचित्र ‘गोपी’मा नयाँ नायिकाको प्रवेश भएको छ । यो चलचित्रको घोषणा कार्यक्रममा कलाकार खगेन्द्र लामिछाने र नायिका सुरक्षा पन्त फाइनल भएको जानकारी गराइएको थियो । तर, छायांकनमा जानु भन्दा केही दिन अगाडि नायिका बर्षा सिवाकोटीलाई फाइनल गरिएको निर्माणपक्षले जनाएको छ ।

चलचित्रको पटकथालाई अन्तिम रुप दिएसँगै नायिका सिवाकोटीलाई फाइनल गरिएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिए । कथा अनुसार सुहाउने भएकाले सिवाकोटीलाई फाइनल गरिएको लामाले बताए । चलचित्रमा दुई नायिका भएपनि चलचित्रले भने त्रिकोणात्मक प्रेमकथालाई उठान नगर्ने उनको भनाई छ ।

खगेन्द्र र सुरक्षाले चलचित्र ‘धनपति’मा काम गरेका थिए भने खगेन्द्र र बर्षाले ‘पशुपति प्रसाद’मा सँगै काम गरेका थिए । यस्तै, बर्षा र सुरक्षाले चलचित्र ‘भैरे’मा एकसाथ काम गरेका थिए । खगेन्द्रले भने-‘यो रमाइलो संयोग हुनपुग्यो, बर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु ।

बर्षाको आगमन भएपनि चलचित्रमा ग्ल्यामर थपिएको नायिका सुरक्षा पन्त बताउँछिन् । आरोही केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । आगामी भदौ १ गतेबाट चलचित्रको छायांकन सुरु हुँदैछ । चलचित्रमा दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रको प्रदर्शन मिति चैत्र १५ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment