Comments Add Comment

त्रिविको परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढ्यो

१४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ ।

साउन २ गते बसेको त्रिवि कार्यकारी परिषदले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको हो ।

बढाइएको पारिश्रमिक अनुसार स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढाएर ८ सय रुपैयाँ पुर्‍याइएको छ । सहायक केन्द्राध्यक्षको ३ सयबाट ६ सय, पर्यवेक्षकको ३ सयबाट ६ सय, निरीक्षकको २ सय ५० बाट ५ सय रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै परीक्षा शाखामा काम गर्ने कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय, सुरक्षाकर्मीको ६० बाट बढाएर १ सय रुपैयाँ पुर्‍याइएको छ । कार्यालय सहयोगीको भत्ता ७५ बाट बढाएर एक सय रुपैयाँ पुर्‍याइएको छ ।

स्नातकोत्तर तहमा भने केन्द्राध्यक्ष भत्ता ६ सयबाट बढाएर १ हजार र सहायक केन्द्राध्यक्ष तथा पर्यवेक्षकको ४ सयबाट बढाएर ८ सय रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै निरीक्षकको ३ सयबाट ६ सय, कर्मचारीको १ सय २५ बाट २ सय ५०, सुरक्षाकर्मीको ६० बाट एक सय रुपैयाँ र कार्यालय सहयोगीको ८० रुपैयाँबाट वृद्धि गरी १ सय ६० रुपैयाँ भत्ता कायम गरिएको छ ।

बढाइएको पारिश्रमिक साउन ६ गतेदेखि सुरु भएका चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ ।

हेर्नुस् निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment