Comments Add Comment

सिंहदरबार भित्रै बालश्रमिक ! रोक लगाउन मन्त्रीको कडा निर्देशन

फाइल तस्वीर ।

१४ साउन, काठमाडौं । सिंहदरबारभित्रै बालश्रमिक प्रयोग भएको भन्दै रोक्न सरकारले कडा निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा अाफूले बालश्रम रोक्न निर्देशन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए। बालश्रम नरोकिए कडा कारबाही गरिने मन्त्री विषटले चेतावनीसमेत दिएका छन् ।

सरकारले बि.स. २०८२ सालभित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ । मन्त्री विष्टले सोही लक्ष्य पूरा गर्न सरकारले बालश्रम निवारणका लागि व्यवस्थित कार्ययोजना ल्याउने बताए ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले जोखिमयुक्त बालश्रमको अन्त्य २०७९ भित्र गरिसक्न सरकारले देशभर अनुगमनको कामलाई तीव्रता दिने योजना अघि सारेको जानकारी दिए ।

कार्यक्रममा इँटा व्यवसायीहरुले सोमबारबाट लागू हुनेगरी आफ्नो उद्योगमा बालश्रम प्रयोग नगर्ने घोषणा गरेका थिए ।

२०८२ सालभित्र मुलुकबाट बालश्रम निवारण गर्ने सरकारको घोषणालाई साथ दिन आफूहरुले पनि बालश्रम प्रयोग नगर्ने घोषणा गरेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए ।

उनले मुलुकलाई बालश्रमरहित बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री विष्टले बालश्रम प्रयोग नगर्ने इँटा व्यवसायीहरुको प्रतिवद्धताको स्वागत गर्दै सबै उद्योगीहरुले बालश्रम प्रयोगमा रोक लगाउन ढिलाइ गर्न नहुने बताए ।

नेपालमा हाल करिब एक हजार एक सयवटा इँटा उद्योगहरु रहेको पाइएको छ । काठमाडाैं उपत्यकामा मात्रै ११० वटा इँटा उद्योग रहेको दावी गर्दै इँटा उद्योगीहरुले अव त्यसमा बालश्रम प्रयोग नगर्न सामहिक अभियाननै संचालन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment