Comments Add Comment

कतै तपार्इंमा मोबाइलको लत त छैन ?


अहिले मोबाइल फोनको लतका कारण हुने हानीका विषयमा धेरै चर्चा हुने गरेको छ । प्रविधि कम्पनीहरुको सहयोगमा यस्तो हानीलाई कम गर्ने केही उपायहरु पनि खोजी हुने गरेको छ ।

तर कसैलाई मोबाइल फोनको लत लागेको छ कि छैन, कसरी पत्ता लगाउने ? के मोबाइल फोन प्रयोग गर्नुको कुनै सिमा तय गर्न सकिन्छ ?

यस्ता कैयन् प्रश्नहरुको जवाफ एप्पल फोनको अपडेटेड भर्सनबाट थाहा हुन्छ । यसका लागि बीबीसीले एक प्रयोग गर्यो । यसमा दुईजना यस्ता व्यक्तिहरु छनोट गरियो जसले निकै धेरै मोबाइल फोन प्रयोग गर्दथे । अर्थात् उनीहरु आफुलाई मोबाइलको लत भएको स्विकार गर्दथे ।

त्यसमध्ये एकजना १२ वर्षकी बालिका थिइन् भने अर्का अधवैशे व्यक्ति थिए ।

अधवैँशे उमेरका व्यक्तिका अनुसार उनको नाम रोरी सेलेन जोन्स हो । आफुलाई पहिले देखि नै मोबाइल फोनको लत रहेको कुरा उनलाई थाहा छ अरे । उनले आफ्ना सहकर्मी जेन वेकफिल्डकी १२ वर्षीया छोरी लिलीसँगै बीबीसीको उक्त प्रयोगमा भाग लिएका थिए ।

उनी भन्छन्, ‘हामीले एप्पल सफ्टवेयर डेभलपर प्रोग्राममा साइन इन गर्यौँ ता कि हामीले नयाँ मोबाइल अपरेटिङ्ग सिस्टम आइओएस १२ इन्स्टल गर्न सकौँ । आइओएस १२ गत सेप्टेम्बरमा उपलब्ध भएको हो ।’

यसमा एक स्क्रिनटाइम नामको नयाँ फिचर हुनेछ । यसले आइफोनको प्रयोग कुन प्रकारले भैरहेको छ भन्ने थाहा हुनेछ र यसले प्रयोगकर्ताका लागि एक सिमा पनि तय गर्नेछ ।

स्क्रिनटाइमको मद्दतले अभिभावकहरुले आफ्ना बच्चाहरुमाथि निगरानी गर्न सक्दछन् ।

रोरी सेलन जोन्स भन्छन्, ‘ट्रायल भर्सनलाई इन्स्टल गरेको केही घण्टामै थाहा भयो कि मैले मेरो फोनको निकै धेरै प्रयोग गर्दछु ।।’’

उनी भन्छन्, ‘बिहान १० बजेपछि हेर्दा थाहा पाएँ कि मैले बिहानभरमै दुई घण्टा ३८ मिनेट फोनमा बिताइसकेछु । मैले एक घण्टामा लगभग नौ पटक फोन उठाएँ र ३३ नोटिफिकेसन प्राप्त भए ।’

बिहानदेखि रातिसम्मै फोन

सेलन जोन्स भन्छन्, ‘मेरो केही समय कतिपय गम्भीर कामहरुमा बित्दछ, जस्तै आफ्नो इमेल चेक गर्ने तथा समाचार पढ्ने । औषत रुपमा एकैखाले गतिविधि फोनमा हाबी हुने गरेको छ । जस्तै एक घण्टा ट्विटरमा बिताउने । मेरो लागि बिहानको पहिलो चिज र रातको अन्तिम चिज नै फोन बनेको छ । सोसल मिडियाको माध्यमबाट अपडेट रहनु वा समाचार थाहा पाउनु मेरो दिनचर्या बनेको छ ।’

उता १२ वर्षीया लिलीको कथा पनि उस्तै रहेछ । तिन बजेपछि उनले आफ्नो फोनमा एक घण्टा ४४ मिनेट बिताइन् । जसमा ३८ मिनेट इत्स्टाग्राम तथा ९ मिनेट स्न्यापच्याट चलाएर ।

प्रयोगका फाइदा

लिलीका अनुसार उनलाई फेसबुकमा फोटो शेयर गर्न खुब मन पर्दछ । यद्यपि यसमा अरु धेरै चिज छन् तर उनी आफैलाई हेर्न मन पराउँछिन् । बिहान ६ बजेदेखि उनी फेसबुक चलाउन सुरु गर्छिन् र यो क्रम दिनभर चलिरहन्छ ।

सेलिन जोन्सले दिनभरमा ३ घण्टा ४४ मिनेट फोनमा बिताए । त्यसमध्ये दुईघण्टा त ट्विटरमै बिताए ।

लिलीकी आमा जेन निकै खुसी छिन् । किनकी लिलीले आज दिनभर जम्मा ४८ मिनेट मात्र मोबाइलमा बिताइन् ।

लिलीको फोनका गतिविधिहरुमा निगरानी गर्न सकिने भएपनि उनकी आमा ढुक्क छिन् । यद्यपि उनले फोन प्रयोगको कुनै सीमा भने तय गरिदिएकी छैनिन् ।

उनका अनुसार विद्यालय छुट्टि भएको बेला, छोरीले आफ्नो बेडरुममा धेरै समय बिताउने गरेको वा दिनभर कतै हराउने गरेको बेला मोबाइल फोन प्रयोगमा निगरानी गर्नुपर्ने हुन्छ ।

तर आफ्ना बच्चाबच्चीसँग बाहिर कतै घुम्न जाँदा बाउआमाहरु मोबाइल फोनमा झुण्डिने गर्नाले बालबालिकाहरुमा पनि नकारात्मक असर पर्दछ । यस्तोमा बाउआमाहरुले पनि मोबाइल फोनको प्रयोग कम गरी परिवारसँगको कुराकानीमा ध्यान दिनुपर्दछ ।

यस विषयमा सही थाप्दै जेन भन्छिन्, ‘मैले धेरै त चलाउँदिन तर दिनहुँ ट्विटरको प्रयोग केही कम गर्ने बारेमा सोँचिरहेकी छु । हेरौँ यसको लागि दिनमा दुई घण्टा पर्याप्त होला कि ।’ बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment