Comments Add Comment

तस्वीरमा हेर्नुस् काठमाडौंमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ ।

सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो । काठमाडौं उपत्यकामा रत्नपार्कको शान्ति बाटिकामा विरोध र्‍याली र सभा आयोजना गरेको छ ।

कांग्रेसको जुलुस भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत भएको हो ।

हेर्नुस् कांग्रेसको विरोध प्रदर्शनको तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment