Comments Add Comment

अहिलेका युवायुवती सेक्स चाहन्छन् तर बच्चा चाँहदैनन्

अहिले समाज बद्लिएको छ । बच्चाका लागि यौन सम्पर्क गर्ने पुरातन धारणा फेरिएको छ । सन्तानका लागि बच्चा जन्माउनैपर्छ भन्ने मान्यता पनि ध्वस्त हुँदैछ । केवल उन्मुक्त यौनको आनन्द लिने संस्कृति एकातिर विकास हुँदैछ भने अर्कोतिर विवाह नगरी नै सन्तानका माता वा पिता बन्ने ट्रेन्ड पनि मौलाउँदो छ ।

अहिलेका जोडीहरु विवाहपछि जमेर सेक्सको मजा लुट्न खोज्छन् तर बच्चा जन्माउन भने चाहँदैनन् । अझै कैयौं युवायुवती त यस्ता हुन्छन जो विवाह नगरिकनै यौनको मजा लिइरहन्छन् । यौनको भरपुर फाइदा उठाउने तर बच्चा नजन्माउने उनीहरुको चाहनालाई कण्डम, कपर-टी जस्ता विभिन्न गर्भनिरोधक साधनहरुको प्रयोगले सजिलो बनाएको छ ।

नव विवाहितको यौन इच्छा

नवविवाहित जोडीहरु सकेसम्म धेरै पटक यौन सम्पर्क राख्न चाहन्छन् । यसको पछाडि उनीहरुको उद्देश्य केवल सेक्सको मजा लिनु नै हुन्छ । बच्चालाई जम्न दिने बारेमा उनीहरुले सोचेका हुँदैनन् । यदि गर्भ बस्यो भने त्यसलाई तुहाउन उनीहरुलाई केही बेर पनि लाग्दैन ।

प्रत्येक दम्पतीले सन्तान कहिले र कति अन्तरालमा जन्माउने भन्ने सोच्नुपर्ने हो तर आजभोली धेरै जोडीहरु भने सन्तान नजन्माइ यौनसुखमात्रै प्राप्त गर्न चाहन्छन् ।

युवापुस्तामा मातृत्व र पितृत्वको भावना कम हुँदै गइरहेको छ । महिला र पुरुष बीचको सम्बन्ध केवल यौन सुखसँग मात्रै जोडिन थालेको छ । यसै कारण युवा दम्पतीहरु आमाबुबा बन्न बाट पन्छिन्छन् ।

कुन उमेरमा सन्तान ?

यौनसुख मात्रै उठाउन चाहने जोडीले ३०-३५ सालको उमेरसम्म यो आनन्द उठाउन सक्छन् तर, त्यो आयुसम्म यदि बच्चा जन्माउन रोकियो भने पछि सन्तान जन्माउन चाहेमा विभिन्न किसिमका समस्याहरु देखिन सक्छन् ।

उमेर छँदै लामो समयसम्म बच्चा नचाहने जोडीहरुले उमेर ढल्कीसकेपछि बच्चा जन्माउन चाहेमा विभिन्न किसिमका समस्याहरु उठाउन परेको हामीले धेरै देख्न सक्छौं ।

स्त्रीरोग विशेषज्ञहरुका अनुसार हरेक चीजको एक निश्चित समय हुन्छ । बारम्बार गर्भपतन गराउनाले पाठेघर कमजोर हुन्छ र विभिन्न समस्याहरु देखिन सक्छ । यसले बाँझोपनाको खतरा पनि हुन सक्छ ।

उमेरमा धेरै गर्भपतन गरेका महिलामा पछि यदि गर्भ बसिहालेमा पनि जन्मिने बच्चा धेरै कमजोर र बिरामी हुने खतरा रहिरहन्छ । कैयौं यस्ता उदाहरण छन् जसमा धेरै उमेरकी आमाबाट जन्मिने बच्चाहरु मानसिक शारीरिक रुपमले धेरै कमजोर हुन्छन् । उनीहरुका कैयौं अंगहरु ठिकसँग विकास हुँदैन ।

आजका युवाहरुले बच्चाहरु जन्माउनुलाई आफ्नो दायित्व भन्दा पनि झण्झटको रुपमा लिन्छन् । यसै कारण सेक्सको मजा लिने र आफ्नो काममा लाग्ने सोच बढ्दै जान्छ ।

मातापिता बन्नुको आनन्द

आफ्नो वंशलाई अगाडि बढाउने र आमाबुबाको आनन्द उठाउने कुरा पुरानो जमानाको कुरा जस्तो भएको छ । पहिलेका मानिसहरु बच्चालाई बुढेसकालको सहारा मान्ने गर्थे तर आजका मानिसहरुको सोच यस्तो छैन ।

उनीहरुको सोच पैसा भएमा सबैकुरा किन्न सकिन्छ भन्ने छ । करियर बनाउने पैसा कमाउने र सेक्सको भरपुर आनन्द उठाउने यहि आजका युवाहरुको सोच हो ।

हाम्रो देशमा विवाहको धेरै प्रक्रियाहरु र हनिमुनको प्लानिङ त हुन्छ तर बच्चाको बारेमा कुनै प्लानिङ हुँदैन । गर्भनिरोधक वा कन्ट्रासेप्टिभ प्रयोग गर्ने बेलामा पनि धेरै दम्पतीहरुले कुन चैं गर्भनिरोधक उनीहरुको लागि राम्रो छ भन्ने बारेमा राम्रोसँग ख्याल गर्दैनन् ।

गर्भनिरोधकको बारेमा महिलाहरुको मनमा अनेक गलत धारणाहरु रहेको पाइन्छ । आम महिलाहरुमा पाइने गर्भनिरोधकको औषधिले भविष्यमा गर्भधारणमा समस्या हुन्छ, यौनचाहना हँुदैन, क्यान्सरको सम्भावना बढ्छ, तौल बढ्छ जस्ता धारणाहरु गलत हुन् ।

गर्भनिरोधक प्राकृतिक गर्भनिरोधक र कृत्रिम गर्भनिरोधक गरि २ प्रकारका हुन्छन्ः

१. प्राकृतिक गर्भ निरोधक

प्राकृतिक गर्भनिरोधको उपाय प्रयोग गर्ने समयमा कुनै पनि औषधिहरुको प्रयोग गरिँदैन । यसमा खास तरिकामा मात्रै महिलाको मासिक चक्रलाई ध्यानमा राख्दै सुरक्षित समयमा सेक्स गरिन्छ ।

सुरक्षिक मासिक चक्र

परिवार नियोजनको प्राकृतिक उपायमा एक सुरक्षित मासिक चक्र हो । यो तरिकाको माध्यमले ओभ्युलेसन पिरियडको क्रममा शारीरिक सम्बन्ध नराख्ने सावधानी अपनाइन्छ ।

आमरुपमा महिलाहरुमा मासिक श्राव सुरु हुन भन्दा १४ दिन पहिले नै ओभ्युलेसन हुन्छ । ओभ्युलेसनको क्रममा शुक्राणु वा अण्डा फर्टिलाईज हुने सम्भावना धेरै हुन्छ । वास्तवमा शुक्राणु यौनकार्य पछि २४ देखि ४८ घण्टासम्म जीवित हुनछ । जसबाट यो समयमा गर्भधारणको सम्भावना बढ्छ ।

फाइदाः यसमा न कुनै औषधि, न कुनै केमिकल र न कुनै गर्भनिरोधक को आवश्यकता पर्छ । यसमा कुनै पनि खालको जोखिम वा साइडइफेक्टको डर पनि हुँदैन ।

बेफाइदाः यो तरिका पुरै रुपमा प्रभावकारी नहुन पनिसकछ । यदि पिरियड समयमा हुँदैन भने गर्भधारणको सम्भावना धेरै हुन्छ ।

क्यालेण्डर वाच

प्राकृतिक अर्को धेरैले अपनाउने उपाय एक क्यालेण्डर वाच हो । जसलाई धेरै अगाडिदेखि नै महिलाहरुले प्रयोगमा ल्याउने गरेको पाइन्छ ।

यसमा ओभ्युलेसनको सम्भावित समयलाई शरीरको तापक्रम परिक्षण गरेर थाहा पाइन्छ र त्यसै अनुसार यौनसम्पर्क गर्ने वा नगर्ने निर्णय गरिन्छ । यसमा महिलाहरुले सधैँ आफ्नो तापक्रम नोट गर्नुपर्छ जब ओभ्युलेसन हुनछ शरीरको तापक्रम आधा डिग्री बढ्छ ।

फाइदाः यसमा कुनै पनि प्रकारको औषधि वा केमिकलको उपयोग हुँदैन । यसले कुनै साइड इफेक्ट हुँदैन र स्वास्थ्यको लागि कुनै नोक्सान गर्दैन ।

बेफाइदाः यो उपाय पनि पुर्णरुपमा सुरक्षित छैन् । विशेषगरि ती महिलाहरुको लागि जसको महिनावारी नियमित हुँदैन ।

स्खलन विधि

यो विधिमा स्खलन भन्दा पहिले सेक्स कि्रया रोकिन्छ ताकी विर्य योनी भित्र जान नपाओस् ।

फाइदाः यसको कुनै पनि साइड इफेक्ट हुँदैन ।

बेफाइदाः सहवासको क्रममा हरेक पल दिमागमा यसको चिन्ता रहन्छ जसकारण पूर्ण यौनसन्तुष्टि प्राप्त गर्न सकिँदैन । यस बाहेका सुरुमा निस्कने श्रावमा केहि मात्रामा विर्य पनि हुन सक्छ त्यसैले यो विधि पनि धेरै प्रभावकारी हुँदैन ।

२. कृत्रिम गर्भनिरोधक

गर्भ रोक्ने जिम्मेवारी खासगरि महिलाहरुले नै उठाउन पर्छ । यसैले उनीहरुलाई यसको लागि प्रयोग हुने कन्ट्रासेप्टिभको जानकारी हुनु आवश्यक हुनछ ।

गर्भनिरोधक पिल्स

गर्भनिरोधक पिल्सहरु धेरै प्रकारका हुन्छन् ।

साइकल गर्भनिरोधक पिल्स

यसको पुरै कोर्स २१ दिनको हुन्छ । यसको १ गोली महिनावारीको पहिलो दिनबाटै दैनिक लिइन्छ । यसको साथै ३ हप्तासम्म नबिराइ यो पिल्स लिनुपर्छ ।

फाइदाः यसको प्रयोगले महिनावारीको समयमा हुने दुखाईबाट पनि आराम मिल्छ ।

बेफाइदाः यदि तपाईले एक दिन पछि गोली खान बिर्सनुभयो भने गर्भवती हुन सक्नुहुन्छ । साथै टाउको दुख्ने जीउ चिलाउने, तौल बढ्ने जस्ता समस्याहरु हुन सक्छन् ।

अन्ली कन्ट्रासेप्टिभ पिल्स

यसलाई ओसीपी पनि भनिन्छ । यसको पनि कोर्स २१ दिनकै हुन्छ जसमा ७ गोली हेमोग्लोबिन पनि हुन्छ । यसलाई प्रयोग गर्दा महिलाहरुलाई एनिमियाको गुनासो हुँदैन किनभने यसमा प्रोजेस्टेरोन र इस्ट्रोजोन हार्मोन हुन्छ ।

आकस्मिक पिल्सः असुरक्षित सहवास पछि नचाहेको गर्भबाट बच्नको लागि यसको प्रयोग गरिन्छ ।

फाइदाः यो गोलीके सेवन यौन सम्बन्ध बनाएको ७२ घन्टा भित्र खाएमा यो ९६ प्रतिशत प्रभावकारी हुन्छ ।

बेफाइदाः यसको प्रयोग गर्नु स्वास्थ्यको दृष्टिले ठिक हुँदैन ।

कपर टी

गर्भनिरोधकको रुपमा यो विश्वमा सबैभन्दा धेरै प्रयोग हुन्छ । यो अंग्रेजीको टी अक्षरको आकारको हुन्छ र यसमा पातलो तार लगाइएको छ । यसलाई गर्भाशयको भित्र लगाइन्छ ।

गर्भरोधकको रुपमा यो विश्वमा सबैभन्दा धेरै प्रयोग हुन्छ । यसले गर्भ बस्न पाउँदैन । जब बच्चाको चाहना हुन्छ त्यतिखेर यसलाई निकाल्न सकिन्छ ।

फाइदाः यो ९९ प्रतिशत सम्म प्रभावकारी हुन्छ । एकपटक बच्चा भएपछि अर्को समयमा ग्यापको लागि कपर टी राम्रो तरिका हो ।

बेफाइदाः कपर टी लगाएपछि २-३ महिनासम्म महिनावारी धेरै हुन्छ र पछि ठिक हुन्छ । यसलाई डाक्टरले नै लगाउने र झिक्ने गर्छन् ।

गर्भनिरोधक सुई

यो इस्ट्रोजन र प्रोजेस्टेरोनको इन्जेक्सन हो । यो २ महिना वा ३ महिनामा लगाइन्छ । यसले ओभ्युलेसन रोक्छ जसले गर्भ बस्न दिँदैन ।

फाइदाः यसको ९९ प्रतिशत फाइदा हुन्छ । महिनावारी पनि कम दिनसम्म हुन्छ र महिनावारीमा दुखाई पनि हुँदैन ।

बेफाइदाः यसले तौल बढ्छ । यो इन्जेक्सन पछि नियमित व्यायाम र खानपानमा सन्तुलित आहार जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment