Comments Add Comment

स्मार्ट कुकिंगको ९ टिप्सः यसरी बनाउनुहोस् स्वादिलो खाना 

कामकाज गर्ने महिलाको लागि अफिस र घर दुबै एक साथ सम्हाल्न कुनै चुनौती भन्दा कम छैन । अफिस भएका महिलालाई भान्छाको काम जहिले पनि चाँडो गर्नु पर्ने हुन्छ । समयको कमीले गर्दा महिलालाई खाना स्वस्थ र स्वादिलो बनाउन सम्भव हुँदैन ।

हतारमा खाना पकाउनाले खाना कहिलेकाही नमीठो बन्छ । हतारमा काम गर्नु पर्ने भएकोले महिलाहरुलाई आफ्नो स्वास्थ्यको राम्रो हेरविचार गर्न पाउँदैन । अफिस भएका गृहिणी आफ्नो कुकिंगलाई सरल र सजिलो कसरी बनाउने त ?

हप्ताभरको योजना बनाउनु

अधिकाशं महिलालाई विहानको चिया खाँदै भरे बेलुका वा भोलि विहान के भनाउँ भन्ने चिन्ता लिएको हुन्छ । यसरी चिन्ता लिनु भन्दा हरेक दिनको खानाको एउटा योजना बनाउनु राम्रो हुन्छ । आइतवार यो परिकार बनाउने, सोमवार यो परिकार बनाउने इत्यादि । यसरी हरेक हप्ताको  योजना बनाउँनाले खाना स्वस्थबर्द्धक र समयको बचत हुन्छ र हरेक दिन के बनाउँने भन्ने झंझटबाट पनि मुक्त हुन्छ ।

विदाको दिन किनमेल गर्नु

हप्ता दिनको खानाको योजना बनाइसके पछि आफ्नो विदाको दिनमा मात्र किनमेल गर्न बजारमा जाँदा हतारमा किनमेल गर्नु पर्ने हुँदैन । किनमेल गर्ने वेलामा जहिले पनि हप्ता दिनको लागि पुग्ने गरि किनमेल गर्नु र पि|mजमा स्टोर गरि राख्नाले सधै बजार धाइराख्नु पर्ने झंझटबाट मुक्त हुन्छ साथै समयको पनि बचत हुन्छ ।

हप्तादिनको तयारी यसरी गर्नु

भान्छामा खानाको लागि दैनिक जसो प्रयोग हुने आवश्यक चीज रेडी टु कुक अवस्थामा तयारी छ भने पनि तपाई आफ्नो महत्वपुर्ण समय बचाउन सकिन्छ । जस्तैः

-प्याज लसुनको प्रयोग प्रायः सबै प्रकारको खानामा प्रयोग हुन्छ । यस्तोमा हरेक दिन प्याज लसुन छोडाएर बस्नु भन्दा पहिले नै हप्ता भरको लागि छोडाएर राख्नु ।

-आवश्यक परेमा लसुन पिसेर राख्दा पनि हुन्छ यसले तपाई महत्वपुर्ण समय बचत हुन्छ ।

-गोलभेडा, लसुन र त्यस्तै धनियाँ पिसेर हावा टाइट हुने कन्टेनरमा राख्नु । यसको प्रयोग एक हप्तासम्म गर्न सकिन्छ ।

कुकिंग भन्दा राम्रो वेकिंग

कम समयमा महिलालाई आफ्नो भान्छाको काम सकाउनु छ भने कुकिंग भन्दा पनि ओभन वा माइक्रोवेवको प्रयोग गरि समयको बचत गर्न सकिन्छ । मासु, बन्दा, पनीर वा मिक्स भेजिटेवल मध्ये कुनै पनि परिकार ओभनमा सजिलै पकाउन सकिन्छ ।

यसको लागि तपाईलाई ओभन वा माइक्रोवेवको समय निर्धारित गर्नु पर्ने हुन्छ । यसमा तरकारी डढ्ने डर पनि हुँदैन र तरकारी चलाइराख्नु पर्ने आवश्यक पनि हुँदैन । यहि समयमा तपाई आफ्नो अर्काे काम पनि सकाउँन सकिन्छ ।

स्वस्थ खाना

बच्चाको स्कुल, श्रीमान्को अफिस र आफ्नो अफिस छुटेर घर आएको वेलामा चिया वा कफि बनाउनु भन्दा कुनै स्वस्थवर्द्धक डि्रंक्स बनाएर फ्रिजमा स्टोर गरि राख्नु ।

जस्तै जुस, लस्सी, पीनट बटर स्मुदी आदि । अफिसबाट छुटेर आउने वित्तिकै चिया वा कफि पकाउन झंझट पनि हुँदैन । यस्ता पेय पदार्थ स्वस्थवर्द्धक हुनुका साथसाथै प|mेस पनि हुन्छ । जंग फुड भन्दा घरमै रोटी बनाएर राख्दा पनि हुन्छ । जुन पछि तताएर खादा पनि राम्रो हुन्छ ।

मद्दत लिन झन्झट नमान्नु

गृहिणी हो भन्दैमा भान्छाको सबै काम महिलाले नै गर्नु पर्छ भन्ने छैन । भान्छाको कामको लागि घरमा भएका अन्य सदस्यसँग पनि मदत लिन सकिन्छ । जुन काम अरु सदस्यले गर्न सकिन्छ त्यस्ता साना साना कामको लागि मदत माग्न झन्झट मान्नु हुँदैन । यसले महिलालाई खाना बनाउन झन्झन्ट पनि हुँदैन र यसले परिवारमा आत्मीयता पनि बढ्छ ।

किचन ग्याजेट

भान्छाको काम सजिलो र सहज बनाउनको लागि बजार नयाँ नयाँ प्रविधिहरु उपलब्ध पाइन्छ । जस्तै भेजिटेवल कटर, भेजिटेबल चौपर, कफि मेकर आदि । यस्ता चिजको प्रयोगले पनि भान्छाको काम सजिलो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment