Comments Add Comment

सशस्त्र प्रहरीमा गुनासै गुनासो : राशन अनियमिततादेखि घरेलु हिंसासम्म

१६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलले गुनासो व्यवस्थापनका लागि स्थापना गरेको गुनासो सुनवाई शाखामा ३ महिनाको अवधिमा ४९ वटा उजुरी परेको छ ।

सशस्त्र मुख्यालयका अनुसार बैशाखमा ११, जेठमा २२ र असारमा १६ वटा गरी ४९ वटा उजुरी परेका हुन् ।

त्यसरी परेका उजुरीहरुमा ६ वटा राशन तथा आर्थिक अनियमितता, ५ वटा लैंगिक तथा घरेलु हिंसा, ५ वटा आचरण विपरित कार्य, ५ वटा सरूवा, बढुवा तथा काज, ५ वटा यूएन मिसन, ५ वटा आर्थिक कारोबार  र अन्य विभिन्न विषय सम्बन्धी १७ वटा उजुरी परेका छन् ।

सशस्त्रका डिआईजी बाबुराम पाण्डेका अनुसार ती उजुरीहरुलाई गुनासो फोकल अधिकारी तोकेर सिघ्र कार्यान्यवनको व्यस्था मिलाइएको छ ।

‘३ महिनामा आएको गुनासोहरु मध्ये ४६ वटा पछ्यौट भइसकेको छ’, पाण्डेले भने, ‘३ वटा पछ्यौट हुँदा बाँकी छ ।’

उनका अनुसार ५ वटा उजुरी इमेल र फेसबुकमार्फत परेको थियो भने १८ वटा टेलिफोनमार्फत परेको थियो । त्यस्तै, निवेदनबाट २४ र पत्र/फ्याक्सबाट २ वटा उजुरी परेको थियो ।

पाण्डेले हेलो सरकारबाट प्राप्त हुने गुनासोहरुलाई पनि तत्काल सुनुवाई गरी त्यसको प्रगति विवरण अनलाइनबाटै हेर्न मिल्ने व्यवस्था मिलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment