Comments Add Comment

हुवावे बन्यो विश्वकै दोस्रो लोकप्रिय स्मार्टफोन, पछि पर्यो एप्पल


चिनियाँ स्मार्टफोन हुवावे विश्वमा सबैभन्दा धेरै बिक्री  हुने स्मार्टफोनको सूचीमा दोस्राे स्थानमा उक्लिएको छ । एप्पललाई पछि पार्दै हुवावे विश्वको दोश्रो लोकप्रिय स्मार्टफोन बनेको हो ।

सन् २०१८ को अप्रिलदेखि जूनसम्मको दोस्राे त्रैमासिक अवधिमा विश्वभर भएको स्मार्टफोनको बिक्रिमा हुवावेले एप्पललाई पछि पार्न सफल भएको हो ।

आर्इडीसी, काउन्टरप्वाइन्ट रिसर्च तथा केनलिसको रिपोर्ट अनुसार यस अवधिमा सामसुङ विश्व बजारमा पहिलो स्थान कायमै राख्न सफल भएको छ । निर्यातमा गिरावटका बाबजुत एप्पलले विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सेदारी २० प्रतिशतभन्दा बढी कायम राखेको छ । सामसुङले उक्त तीन महिनामा कूल ७ करोड १० लाख स्मार्टफोन निर्यात गर्यो ।

हुवावेले भने स्मार्टफोन बजारमा आफ्नो हिस्सेदारी झण्डै १६ प्रतिशत पूराएको छ । यस अवधिमा हुवावेले विश्वमा ५ करोड ४० लाख स्मार्टफोन बेच्न सफल भएको छ ।

उता झण्डै १२ प्रतिशतको हिस्सेदारीमा खुम्चिएको एप्पलले यस अवधिमा ४ करोड १३ लाख स्मार्टफोन निर्यात गर्न सफल भएको छ ।

धेरै बिक्री हुने लोकप्रिय स्मार्टफोनको चौथो नम्बरमा शाओमी छ भने पाँचौँ नम्बरमा ओप्पो रहेको छ ।

काउन्टरप्वाइन्टका अनुसार पछिल्लो ७ वर्षदेखिको एप्पल–सामसुङको आधिपत्यलाई तोड्दै हुवावेले पहिलोपटक शीर्ष दुईमा स्थान बनाउन सफल भएको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment