Comments Add Comment

छिटो र मिठो खानाः गम्भीर रोगले गाँज्ने पो हो कि ?

अहिलेका पुस्ता सोध्नुहोस्, ‘भोकको अनुभव छ ?’ उनीहरुले ‘अँह’ वा ‘छैन’ भन्ने संकेत गर्छ सक्छन् । किनभने हामीसँग यति धेरै खानेकुरा उपलब्ध छन् कि, जतिबेला, जसरी पनि खान सकिन्छ ।

जब भोक लाग्छ, हाम्रा लागि चाउचाउ उपलब्ध छ । जब भोक लाग्छ, हाम्रा लागि बिस्कुट तयार छ । जब भोक लाग्छ, हाम्रा लागि अनेक नुडल्स छन् । जब भोक लाग्छ, हाम्रा लागि प्याकेजिङ खानाहरु छन् ।

बजारमा यस्ता कुराको हिस्सा बढी छ, जसलाई सोझै खान सकिन्छ । विस्कुट, चाउचाउ, दालमोड, केक आदि थुप्रै-थुप्रै । त्यसो त अहिले शहरी क्षेत्रमा फास्टफुडको पनि चलन बढेको छ । खाना अर्डर गर्नसाथ टेबलमा मम, पिज्जा, चाउमिन, बर्गर जे पनि आइपुग्छ ।

खानामा छिटो र मिठो 

टेलिभिजन, पत्रपत्रिकामा यी खानेकुराको आकर्षक विज्ञापन देख्न सकिन्छ । हेर्दा पनि खाउँ-खाउँ लाग्ने हुन्छ । खानेकुरा देख्नसाथ मुखमा पानी आइहाल्छ ।

यस्ता खानेकुराले जिब्रोलाई पनि लोभ्याउँछ । त्यही कारण साना बच्चादेखि बुढाबुढीको जिब्रो समेत यस्तै खानामा चाडै अभ्यस्त हुन्छ । जबकी बालबालिकालाई घरमै तयार गरिने उसिनेको खानेकुरा, सागपात, फलफूलमा बानी पार्न निकै समय लाग्छ । तर, चाउचाउ दिनुपर्छ । क्वापाकप खाइदिन्छन् ।

रेष्टुरेन्टका खान्कीमा पनि हाम्रो जिब्रो लÝएिको छ । चाहे मम होस् वा पिज्जा, भेट्नसाथ आँखा चिम्लेर खाइदिन्छौं ।

विभिन्न अध्ययनबाट देखिएको छ कि, अहिले खाद्य बजारमा तयारी खानाको वर्चश्व छ । कुनै खाद्य स्टोरमा गएर हेर्नुहोस्, ७० प्रतिशत बढी यस्ता खानेकुरा फेला पर्नुहुनेछ, जसलाई तुरुन्तै खान सकिन्छ । अर्थात छिटो र मिठो ।

किन खाने ?

बजारमा पाइने तयारी खाना मिठो हुन्छ । खानलाई छिटो पनि । तर, यस्ता खानेकुराले स्वास्थमा भने गंभिर असर पुर्याउँछ ।

खानेकुरा खानुअघि हामीले आफैलाई एउटा यी सोध्नुपर्ने हुन्छ, जिब्रोका लागि खाने कि, भोक मेटाउन खाने कि स्वास्थका लागि ?

अक्सर हामी जिब्रोका लागि खान्छौं । पेट भर्न खान्छौं । उपभोक्ताको यही मनोविज्ञानलाई बुझेर खाद्य उद्योगहरुले यस्ता तयारी खानेकुरा तयार गरिरहेका छन्, जो स्वादिलो हुन्छ । तर, त्यो स्वस्थ्यकर हुँदैन ।

जबकी खानेकुराबाट नै हामीले पोषण प्राप्त गर्ने हो । शरीरलाई आवश्यक अधिकांश पोषण तत्वको स्रोत खानेकुरा हो । यसर्थ हामीले खानेकुरा सेवन गर्दा त्यसमा उपलब्ध पोषण तत्वको ख्याल गर्नुपर्छ । तर, बजारको तयारी खानाले हामीलाई फरक दिशातर्फ डोहोर्‍याउँदैछ ।

स्वादिलो र अस्वस्थ्यकर

प्याकेटबन्द एवं तयारी खानेकुरालाई स्वादिलो बनाउनका लागि यस्ता तत्वहरु मिश्रण गरिएको हुन्छ, जो पेटमा पुगेपछि विषाक्त बन्छ । प्याकेटबन्द खानेकुरामा सोडियम एवं नुनको मात्रा अधिक हुन्छ । कार्बोहाइड्रेट, फ्रटोज, ट्रान्सफ्याट हुन्छ । लुक्स र सुगन्धका लागि कृतिम रंग प्रयोग गरिन्छ । यस्ता खानेकुराले पेट भरेपछि शरीरलाई आवश्यक अन्य पोषक तत्वको अभाव हुन्छ ।

रेडी टु इट फुडको खतरा

धेरैजसो तयारी खानेकुरामा अजिनोमोटोको अधिक प्रयोग हुन्छ । नुनको अधिक प्रयोग हुन्छ । यसलाई हाइड्रोजेनेटेड तेलमा तयार गरिन्छ । यसकारण यस्ता खानेकुरामा अधिक क्यालोरी हुन्छ । यस्ता क्यालोरीलाई खाद्य विशेषज्ञले हानिकारक मान्दै आएका छन् ।

तयारी खानेकुरामा रहेको ट्रान्सफ्याट हाइड्रोजन ग्यास र तेलको मिश्रणबाट तयार हुन्छ । यसले कोलोस्टोर बढाउँछ । मोटोपन बढाउने तथा रक्त कोशिकाहरुलाई साँघुरो बनाउने काम गर्छ ।

नुडल्स र सुपमा धेरै मात्रामा स्टार्च र नुन हुन्छ । यसका साथै एमएसजी अर्थात मोनोसोडियम ग्लुटमेट हुन्छ । साथै यस्ता खानेकुरालाई लामो समय टिकाउनका लागि त्यसमा अधिक मात्रामा पि्रजरवेटिव्स उत्पादन राखिएको हुन्छ ।

खरिदअघि ख्याल गर्नुपर्ने कुरा

-प्याकेट लेबल आवश्य हेर्नुपर्छ । त्यसमा पौष्टिकताको मापन, त्यसको उत्पादन मिति, प्याकेजिङ सील आदि हेर्नुपर्छ ।

-चाउचाउ एवं नुडल्स तयार गर्दा धेरै भन्दा धेरै सागसब्जी, गेडागुडी मिश्रण गरौं ।

-एक पटक प्याकेट खोलिसकेको खानेकुरालाई लामो समय राखेर सेवन नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment