Comments Add Comment

निर्मला मृत्यु प्रकरणमा दुईजना पक्राउ


१७ साउन, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पीडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ ववर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी दिए ।

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको थियो । यस घटनाको विषयमा बिहीबार संसदमा जानकारी गराउँदै मन्त्री थापाले पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको पाइएको बताए ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने निर्मला ट्युसन पढ्न गएकोमा नफर्किएपछि परिवारले त्यसै दिन राति १० बजे प्रहरीलाई खबर गरेका थिए । उनको शव उखुबारीमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment