Comments Add Comment

डीएलएको प्रश्न : न्यायपालिकामाथि प्रहार गर्न खोजिएको त होइन ?


१७ साउन, काठमाडौं । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनले प्रधानन्यायाधीश सुनुवाइ प्रकरणमा एउटा घटनालाई आधार बनाएर स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार गर्न खोजिएको आरोप लगाएको छ ।

कांग्रेससम्वद्ध कानुन व्यवसायीहरुको छाता संगठन डीएलएले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशबारे संसदीय सुनुवाइ समितिले निर्णय गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि जनाएको हो ।

निर्णय प्रक्रियामा रहेको संवेनदशील विषयमा समितिका सदस्यले हल्का टिप्पणी गर्नु र पार्टी तथा सरकारको प्रत्यक्ष दबाब देखिनुले कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइमा गम्भीर प्रश्न उब्जेको डीएलएले जनाएको छ ।

‘कतै यो एउटा घटनालाई आधार बनाएर स्वतन्त्र न्यायालयमाथि प्रहार गर्न खोजिएको त होइन ?’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको सुनुवाइपछि नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय दिन नसकिरहेका बेला डीएलएले चाँडै निर्णय गर्न पनि माग गरेको छ ।

संसदीय सुुनुवाइ समितिको अनिर्णयले न्यायपालिकाप्रति जनतामा रहेको आस्थामा नै कुठाराघात पर्न सक्ने भन्दै डीएलएले सुनुवाइका क्रममा उठेका विषयहरुको अविलम्ब निरुपण गरी प्रधानन्यायाधीशको सुुनुवाइ प्रक्रिया चाँडै सक्न माग गरेको हो ।

संसदीय सुनुवाइ समितिबाट संविधान र कानुन बमोजिम स्थापित न्याय परिषद र संवैधानिक परिषदको अधिकार क्षेत्रमा नै हस्तक्षेप भएको डीएलएको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment