Comments Add Comment

सलमानले दिए कट्रिनालाई यति धेरै पारिश्रमिक

बलिउड अभिनेत्री कट्रिना कैफले एउटा फिल्मबाट ५-६ करोड पारिश्रमिक लिँदै आएकी छन् । तर, हाल अत्यधिक चर्चामा रहेको एउटा फिल्मबाट उनले दोब्बर पारिश्रमिक पाइन् ।

यो फिल्मको सलमान खानको ‘भारत’ । प्रियंका चोपडाले हात झिकेपछि यो फिल्म कट्रिनाको पोल्टामा आएको थियो । यसअघि प्रियंकाले यो फिल्मका लागि १२ करोड पारिश्रमिक डिमान्ड गरेकी थिइन्, र सलमान तयार पनि भएका थिए । तर उनी बीचमै फिल्मबाट बाहिरिइन् ।

प्रियंकाबाट धोका पाएपछि सलमानले कट्रिनातर्फ प्रस्ताव बढाए । प्रियंकाले छोडेको रोल गर्न कट्रिनाले आनाकानी गर्ने हुन् कि भन्ने शंका सलमानलाई थियो । तर, धेरै सोचविचार नगरी कट्रिनाले यो अफर स्वीकारिन् । यसबाट सलमान कट्रिनाप्रति आभारी बनेका छन् ।

संभवतः यसैको कृतज्ञताका लागि हुनुपर्छ उनी कट्रिनालाई उच्च पारिश्रमिक दिन तयार भएका । जबकि कट्रिनाले उनीसँग पारिश्रमिकको कुनै डिमान्ड गरेकी थिइनन् । तर सलमानले प्रियंकालाई दिने भनेको पारिश्रमिक कट्रिनालाई दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

विगतमा कट्रिनासँग सलमानको लभ अफेयर थियो । पछि उनीहरु अलग भए । प्रेम टुटे पनि उनीहरुको मित्रता टुटेको छैन । उनीहरुले धेरै वटा हिट फिल्ममा सँगै काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment