Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द

१८ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि बिहान ११.१०बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो ।

धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि मर्मतका लागि विमानस्थल बन्द भएका हो । यसका कारण आधादर्जन विमान आकाशमै होल्ड भएका छन् भने उडान तालिकाअनुसार विमानहरु उड्न पाएका छैननन् ।

आधा घण्टादेखि बन्द विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थल स्रोतले जानकारी दियो । वर्षायाममा विमानस्थलको धावनमार्गमा पटक-पटक पिच उप्किने समस्या देखिने गरेको छ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले भने २० मिनेट अवरुद्ध भएको उडान अवतरण सुचारु भइसकेको दावी गरे । तर, मर्मतमा केही प्राविधिक काम बाँकी रहेकाले केही समय अझै लाग्ने विमानस्थलका एक प्राविधिकले बताए ।

कतार एयरवेज, नेपाल एयरलाइन्स, विमान बंगलादेश, जेट एयर लगायतका जहाज अवतरण गर्न नसकेपछि आकाशमा चक्कर लगाइरहेका छन् ।

पिच उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment