Comments Add Comment

सोमपालले पनि बनाए एकदिवसीयमा अर्धशतक

१८ साउन, काठमाडौं । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

आठौं क्रममा ब्याटिङमा आएका उनले ३८ बलमा ४ चौका ३ छक्काको मद्धतमा ५१ रन बनाएका हुन् । एकदिवसीयमा अर्धशतक बनाउने सोमपाल तेस्रा नेपाली खेलाडी हुन् । सोमपाल एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन् ।

शुक्रबारकै खेलमा कप्तान पारस खड्काले अधशतक बनाएका थिए । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएपछि एक रन जोडेर आउट भएका थिए ।

यसअघि नेपालको पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सविरुद्ध ज्ञानेन्द्र मल्लले पनि अर्धशतक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment