Comments Add Comment

‘मेघास्टार’ काण्डपछि भूवन र रेखाको त्यो भेट…


नायक अनमोल केसीलाई लक्षित गर्दै नायिका रेखा थापाले दिएको एउटा बयान निकै विवादमा छ । जसलेगर्दा, रेखा र अनमोलका पिता भूवन केसीविचको सम्बन्ध पनि बिग्रिएको चर्चा सुरु भएको छ ।

नायिका रेखा थापाले २ वटा चलचित्र खेल्नेलाई मिडियाले मेघास्टार भनेको तर आफूले हिरो जसरी चलचित्र क्षेत्रमा राज गर्दा पनि मेघास्टार भन्न डराएको भन्दै आक्रोश पोखेकी थिइन् । नायक अनमोल केसीप्रति रेखाको भनाई लक्षित थियो भन्ने जसले पनि वुझ्न सक्छ ।

यसपछि, रेखाको यो भनाइले केसी परिवार असन्तुष्ट छ । जसलेगर्दा, शनिबार बेलुकी आयोजना भएको एउटा चलचित्रको घोषणा कार्यक्रममा पुगेका नायक भूवन केसीले रेखालाई वेवास्ता गरेको चर्चा चल्यो ।

कार्यक्रममा रेखा र भूवन दुबै जना पुगेका थिए । तर, रेखासँग बोल्न भूवनले खासै रुची नदेखाएको देखियो । तर, स्टेज अगाडि एकैसाथ परेपछि रेखाले भूवनलाई माइक दिदै गीत गाउन आग्रह गरेकी थिइन् ।

त्यो बाहेक अरु समयमा रेखा र भूवनविच खास बोलचाल भएन । तर, नायक भूवन केसीले आफूले रेखालाई इग्नोर नगरेको बताए । तर, कार्यक्रममा उपस्थित अधिकांशले भूवन रेखासँग बोल्न नचाहेको भन्दै चर्चा गरेका थिए ।

यहिकारणले पनि हुनसक्छ, निर्माता भूवन केसीले रेखाले तय गरेको चलचित्र ‘मालिका’को प्रदर्शन मितिमा आफू निर्मित चलचित्र ‘क्याप्टेन’को प्रदर्शन गर्ने तयारी गरेका थिए । तिहारको लक्ष्मीपूजाको दिनमा भूवनले चलचित्र रिलिज गर्ने तयारी गरेका छन्, जुन मितिमा रेखाको ‘मालिका’ पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment