Comments Add Comment

पार्टनर सही कि गलत ? यसरी चिनौं असल जीवनसाथी

सुन्दा सामान्य लाग्छ, झेल्दा उत्तिनै जटिल । अर्थात पार्टनर । सुरुमा लहलहैमा कसैलाई मन पराइन्छ । प्रेम गरिन्छ । रोमान्स गरिन्छ । उस्तै परे विवाह पनि ।

जब विवाह गरिन्छ, त्यसपछि सधै त्यही रोमान्सले घरबार चल्दैन । बालबच्चा, सासुससुरा, परिवार, करियर यस्ता कुराले दुबैलाई यस्तो मोडमा पुर्‍याउँछ, जहाँ एकअर्काको सहयोग अपरिहार्य हुन्छ । हो, यही बिन्दुमा आएपछि वोध हुन्छ, मैले छनौट गरेको पार्टनर सही वा गलत ? मैले कस्तो पार्टनर छनौट गरे ? मेरो जीवनका लागि उसको उपस्थिती कति अर्थपूर्ण एवं फलदायी छ ?

प्रेमसाथी भर्सेस जीवनसाथी

प्रेमको कुनै परिभाषा हुँदैन यो त कुनै पनि समयमा कुनै पनि व्यक्तिसँग हुन सक्छ । तर आफ्नो प्रेमसम्बन्धलाई लामो समयसम्म सुमधुर राख्न वा टिकाइराख्न धेरै कठिन हुन्छ ।

आफूलाई धेरै माया गर्ने मानिसलाई नै आफ्नो जीवनसाथी बनाउन त सबैले चाहन्छन् । तर, पनि हामीले सहि जीवनसाथी रोज्न नसक्दा धेरैले विवाह पछि दुःख पाएको देख्न सक्छौं । त्यसैले होला भनिन्छ, प्रेममा मानिस अन्धो हुन्छन र के सहि के गलत छुट्याउनै सक्दैनन् ।

अक्सर मायालु कुराहरु, प्रशंसा र उपहारहरुको माध्यमले एकले अर्कोलाई सजिलै मायाजालमा बाँध्न त सक्छन् तर त्यो प्रेमसम्बन्धलाई कसरी सुमधुर रुपले सम्बन्ध अगाडि बढाएर लामोसमयसम्म टिकाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन भन्दा विवाह अगाडि नै यसबारेमा धेरै सोचविचार गरेर मात्रै जीवनसाथी छान्नु राम्रो हुन्छ । यसको लागि आज हामी तपाईलाई केही टिप्सहरु दिन गइरहेका छौैं ।

तपार्इको विवाह हुन लागेको छ भने यी कुराहरुमा विचार गर्नुहोस्ः

तपाईंको कसैसँग विवाह हुने पक्का भइसकेको छ । विवाहको मिती नजिकिँदै छ र नयाँ नयाँ सपनाहरु सजाउनुभएको छ भने पक्कै पनि तपाईंका इच्छा आकांक्षाहरुले तपाईंको जीवनमा उत्साह र उमंग भरिदिएको छ ।

आजभोली तपाईलाई सबै कुरा राम्रो लाग्न थालेको छ । तपाईंले रोमान्स किताबमा मात्रै होइन वास्तविक जीवनमा पनि हुन्छ भन्ने महसुस गर्दैहुनुहुन्छ । तपाईलाई लाग्छ जिन्दगीमा यती राम्रो पल पहिले कहिल्यै आएको थिएन ।

प्रेम गर्नु राम्रो महसुस हो । तर, आजभोलीको माहौललाई हेर्ने हो भने नक्कली विवाह, बहुविवाह, घरेलु हिंसा, सम्बन्ध विच्छेद जस्ता घटनाहरु हामीले आफ्नै समाजमा देखिरहेका छौं त्यसैले विवाह जस्तो महत्वपूर्ण कुरामा हामी धेरै सावधान भएर मात्रै निर्णय गर्नुपर्छ ।

तपाईको प्रेमी वा हुनेवाला जीवनसाथीले झुटो कुरा बोलिरहेको छैन् भनेर कसरी निश्चिन्त हुनुहुन्छ ? कतै उसले तपाईलाई धोका दिइरहेको त छैन ?

मनोचिकित्सक, फेमिली काउन्सिलरहरु र प्रहरी अधिकारीहरुसँग कुराकानीको आधारमा हामीले केही बुँदाहरु यहाँ प्रस्तुत गरेका छौं जसलाई तपाईले याद गर्नुभयो भने भविष्यमा धोकाखानबाट बच्न सक्नुहुन्छ ।

देखावटी माया धेरै गर्छन्

तपाईको पार्टनरको आर्थिक अवस्था सामान्य नै छ तर महंगो सोख राख्छन् आफ्नो रवाफ हरेक ठाँउमा प्रदर्शन गर्न खोज्छन् भने तपाई सर्तक हुनुपर्छ । आफैलाई हाइप्रोफाइल भन्न रुचाउँछन्, अरुसँग पैसा सापटी लिएर विलासी जीवनशैली अपनाउनमा उनलाई आनन्द आउँछ भने सावधान हुनुहोस् ।

यस्ता मानिसले भविष्यमा कसैलाई पनि संकटमा पार्न सक्छन् । पैसाको लागि गलत काम गर्न पनि उनीहरुलाई हिच्किचाउँदैनन् । आफ्नो पार्टनर पनि यस्तै छन् भने पहिले ध्यानपूर्वक विचार गरेर मात्रै विवाहको बारेमा निर्णय गर्नुहोस् ।

शारीरिक सामिप्यता चाहन्छन् भने

अक्सर प्रेमी वा पार्टनरले तपाईं शारीरिक सुन्दरताको प्रशंसा गर्छन्, भेट्नको लागि उनीहरु एकान्त स्थल रोज्छन् भने पनि तपाईले विचार गर्नुपर्छ ।

अझै मौका पाउनासाथ तपाईलाई हात लगाउँछन्, चुम्बन गर्न वा स्पर्श गर्न खोज्छन् । तपाईंलाई खुला पहिरन उपहार दिन्छन् र त्यो पहिरिन भन्छन् भने सावधान हुनुहोस् ।

त्यस्तै फोनमा, च्याटमा यौनजन्य म्यासेजहरु पठाउँछन् भने सावधान हुनुहोस् । यस्ता मानिसहरुले तपाईसँग शारीरिक सुख हासिल गरेर तपाईलाई छोडिदिन पनि सक्छन् । त्यसैले आफूसम्हालिएर उसका यस्ता हर्कतहरु माथि नजर राख्नुहोस् ।

धेरैसँग पैसा सापट लिन्छन्

जो पुरुष आफ्नो प्रेमीका, साथी वा हुनेवाला श्रीमतीसँग पैसा सापटी लिइरहन्छ भने पनि उसँग सावधान हुनुहोस् । विवाहपछि उ पूर्णरुपमा तपाईसँग आर्थिक रुपमा आश्रति हुन पनि सक्छ ।

स्वाबलम्बी र आत्मनिर्भर पुरुष, पति वा प्रेमी हरेक महिलाले चाहन्छन् । पत्नीमा आश्रति पुरुषहरुसँग सम्बन्ध स्थायी रुपमा टिक्न पाउँदैन् ।

कुरा लुकाउँछन्

लामोसमयको सम्बन्ध पछि पनि यदि उनले तपार्इसँग कुराहरु लुकाउँछन्, केहि कुरा टार्छन्, साथीहरु वा परिवारसँग भेट गराउँदैनन्, मोबाईल फोन छुन पनि दिँदैनन् भने सावधान हुनुहोस् । दालमा पक्कै पनि केहि कालो छ ।

यदि हुनेवाला पति वा प्रेमी विदेशमा काम गर्छन भने उसका स्थानीय साथीहरु, परिवार, नातेदार मार्फत उसको क्रियाकलापमा नजर राख्नुहोस् ।

अनौठो व्यवहार

अचानक उनले कुनै दिन उसले आफ्नो स्वयम्बरको औठी फुकाल्छन्, तपाईलाई समय दिएर पनि उनी निर्धारित स्थलमा आउन भुल्छन्, सार्वजनिक स्थानमा तपाईको बेइज्जत गरिदिन्छन वा तपाईंलाई भन्दा धेरै आफ्नो भावनाहरुको धेरै ध्यान दिन्छन् भने यो चिन्ताको कुरा हो ।

त्यस्तै दोहोरो चरित्र वा व्यवहार पनि खतराको घन्टी हो । व्यक्तिको अपमानजनक व्यवहार या त तपाईको मानमर्दन गर्नको लागि हो वा स्वयं स्थिर नहुन नहुनाको नतिजा हुन सक्छ । त्यसैले यस्तो व्यवहार भएका मानिससँग सम्बन्ध नगाँसेकै राम्रो ।

दोहोरो चरित्र

दोहोरो चरित्र र छलको कारण कुनै पनि सम्बन्धमा दरार आउन सकछ । तपाईंको अगाडि राम्रो र पिठ्युँ पछाडि नराम्रो भन्ने मानिस तपाईको कसरी बन्न सक्छन् ।

तपाईंको पार्टनर पनि यदि यस्तो गर्छन् भने पक्कै पनि उनी यो सम्बन्धलाई लिएर गम्भीर छैनन् ।

त्यसैले उनका साथीहरुबाट उनीहरुको बारेमा प्रतिक्रिया लिनुहोस् । यदि उनी तपाईंको अगाडि सकरात्मक र पिठ्युँ पछाडि नकरात्मक छन् भने उसलाई खतराको घण्टी सम्भिmनुहोस् ।

बारम्बार झुट बोल्छन्

बिनाकारण ससाना कुरामा झुटो बोल्छन् भने यो केही त गडबड छ भन्ने कुराको संकेत हो । उनको साथमा हुने मानिसहरु, म्यासेज, फोन कलहरु, उसको सम्पर्क जस्ता कुरामा पनि उनीहरु झुटो बोल्छन् भने निसन्देह केही त गडबड छ ।

अचानक व्यवहार बदलिएमा

तपाईंको पार्टनर अचानक पहिलेभन्दा सफाईमा ध्यान दिने, गाडी मोटरसाइकल पहिलेभन्दा सफा राख्ने, पुरानो पफ्र्युम छोडेर नयाँ लगाउन थाल्छन् वा पहिले भन्दा रुखो भए हुन थालेमा हुनसक्छ उनको जीवनमा कुनै महिला मित्रको उपस्थिती भएको छ ।

तपाईंबाट उनको ध्यान हट्नु, तपाईंलाई इग्नोर गर्नु, पहिले जस्तो रुची नलिनुले उनको जीवनमा अरुकै उपस्थिती भएको हुनसक्ने सकेंत दिन्छ ।

त्यस्तै यदि पार्टनरले तपाईलाई दिलो ज्यानले चाहन्छ । तपाई कहिल्यै पनि अरु कोहीको हुन पाउनुहुन्न भनिरहन्छ । तपाईको बिछोडलाई जीवनमरणको प्रश्न बनाउँछ भने सावधान रहनुहोस् ।

कुनै कारणले यदि सम्बन्ध टुट्यो भने उन जुनसुकै सीमामा जान सक्छ भने यस्ता प्रेमीसँग सावधान हुनुहोस् । यस्ता मानिस आफू असफल भएमा जे पनि गर्न सक्छन् ।

पार्टनरको कैयौं कुराहरु तपाईलाई अनौठो लाग्न सक्छ । त्यसैले विवाहको बारेमा सोच्दा मनले भन्दा पनि मस्तिस्कलेसोच्नुहोस् । जहाँ तपाईंलाई थोरै शंका त्यहाँ अलि सोचेर समय लगाएर निर्णय लिनुहोस् ।

यस्तो गर्दा पार्टनरलाई नराम्रो लाग्ला भन्ने नसोच्नुहोस् । आफ्नो विवेक प्रयोग गरेर थोरै सावधानी अपनाउनाले तपाईको भावी जीवनलाई दुखबाट बचाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment