Comments Add Comment

अन्ततः भिड्ने नै भए पूजा र प्रदिप


‘प्रेमगीत’बाट हिट बनेको जोडी नायिका पूजा शर्मा र नायक प्रदिप खड्काविच अब बक्स अफिसमा भिडन्त नै हुने भएको छ । लामो समयदेखि यी दुइविच बक्स अफिस भिडन्त हुने चर्चा चलेपनि फाइनल भने भएको थिएन । तर, अब भदौ २२ गते पूजा र प्रदिप एक अर्कालाई च्यालेञ्ज दिन आउँदैछन् ।

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’ले भदौ २२ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन आरम्भ गरेको थियो । सुदर्शन थापाले चलचित्रको निर्देशन गरेका हुन् ।

अब, यही मितिमा नायक प्रदिप खड्काले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘रोजी’ पनि प्रदर्शनमा आउने भएको छ । निरक पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिपको साथमा मिरुना मगर र परमिता आर एल राणाको मुख्य भूमिका छ ।

‘रामकहानी’ कमेडी र लभ स्टोरी कथामा निर्माण भएको चलचित्र हो भने ‘रोजी’ प्रेम र विछोडको कथामा तयार भएको चलचित्र हो । ३ बर्षसम्म बोलचाल नगरि केही समय अगाडि मात्र नजिक भएका प्रदिप र पूजाको यो टकरावले फेरि उनीहरुको सम्बन्धलाई असर पार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment