Comments Add Comment

डेढ लाखमा कसले काम गर्छ ?: आँचल

नायिका आँचल शर्माले छायांकनमा जान लागेको एक चलचित्रका लागि ५ लाख डिमाण्ड गरेको खबर अनलाइनखबरमा प्रकाशित भएको थियो । आँचलले आफूले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्विकार गरेकी छिन् ।

उनले अनलाइनखबरसँग नै भनिन्-‘म भन्छु व्यक्तिगत सम्बन्धलाई व्यवसायिक सम्बन्धमा नजोडौ । उहाँहरुले मलाई नायिका भएकाले चलचित्रमा अफर गर्नुभएको हो, दिदीबहिनी भएर होइन । नत्र भने त आफ्नै घरको दिदीबहिनीलाई खेलाउँदा हुन्छ ।’

आँचलले दिएको जवाफ भिडियोमा हेर्नुहोस्ः


आँचलले आफूलाई अफर आएको चलचित्रमा आफ्नो भूमिका कमजोर भएको बताइन् । उनले भनिन्-‘चलचित्र निर्माण कम्पनी शक्तिशाली छ । यसैले मलाई लोभ लागेको हो । तर, त्यो हिरो केन्द्रित चलचित्र हो । यसैले चलचित्र हिट भएपनि मेरो नाम कहाँ आउँछ ?’

एउटा कलाकारले कि त राम्रो पैसा, कि त राम्रो भूमिका खोज्ने आँचलले बताइन् । आफू भोली चलचित्रको प्रमोशनमा पनि हिड्नुपर्ने, आफ्नो अनुहार पनि प्रयोग हुने भएकाले ५ लाख महंगो नभएको उनले बताइन् । अब, कसैले डेढ-दुई लाखमा काम गर्न नसक्ने आँचलको भनाई छ । 

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment