Comments Add Comment

चैत्र २९ मा अनमोल र सुहानीको ‘ए मेरो हजुर ३’


छायांकनमा जानु अगावै नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्रको प्रदर्शन मिति तोक्न हतार गर्छन् । राम्रो डेट बुक गरिहाल्ने प्रचलन नयाँ होइन । निर्देशक झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन सुरु भएको छैन । तर, यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छ ।

चलचित्रको छायांकन असोज ५ गतेबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा नायक अनमोल केसी र नायिका झरना थापाकी छोरी सुहानी थापाको मुख्य भूमिका रहनेछ । चलचित्रको बिषयमा अन्य जानकारी सार्वजनिक गरिएको छैन । तर, असोज ५ गतेबाट छायांकनमा जान लागेको चलचित्रको प्रदर्शन मिति चैत्र २९ गतेलाई तोकिएको छ ।

नयाँ बर्षको छेको पारेर चलचित्र रिलिज गर्ने यसको निर्माणपक्षले बताएको छ । चैत्र २९ गते चलचित्र रिलिज हुँदा ३ दिनको विकेन्ड प्राप्त हुनेछ । जसलेगर्दा इनिसियल व्यापारमा मद्दत पुग्ने विश्वास यसको निर्माणपक्षको छ । चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment