Comments Add Comment

कोरिया जाने कामदारको स्वास्थ्य परीक्षण भदौ ४ देखि

सीबीटीमा ३ हजार प्रतस्पिर्धी


२१ साउन, काठमाडौं । सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ ।

यो वर्ष ७ हजार ९९६ जना भाषा परीक्षा पास भएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल-कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन् । ८ गतेबाट लगातार ८ दिनसम्म फारम भरिने उनले जानकारी दिए ।

आवेदन फारम भरेकाहरुको नाम कोरियाले प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ । त्यसपछि मात्रै कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने भण्डारीले बताए ।

गत वर्ष पास भएका १२ हजारमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया उडेका छन् । झण्डै ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतीक्षामा छन् ।

विभागले हालै ईपीएसकै सीबीटी परीक्षाका लागि आवेदन लिएको छ । कोरियामा रोजगारी गरेर फर्किएकाहरुले यो परीक्षा दिन पाउँछन् , कम्प्युटरका माध्यमबाट लिइने यो परीक्षामा सहभागी हुन ३ हजार ३०४ जनाले आवेदन दिएको भण्डारीले बताए ।

उनीहरुको परीक्षा भदौको दोस्रो हप्ताबाट सञ्चालन गर्न शाखाले प्रस्ताव गरेको छ । सबै परीक्षार्थीको परीक्षा लिन करिब ४० दिनभन्दा बढी लाग्ने भण्डारी बताउँछन् ।

सीबीटी परीक्षा पास गरेकाले फेरि कोरियमा रोजगारीका लागि जान पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment