Comments Add Comment

नयाँ प्रधानन्यायाधीशको नाम छिट्टै सिफारिस हुन्छः प्रचण्ड

२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको नेतृत्व खाली नहुने बताएका छन् ।

मंगलबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले केहि दिनमै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने बताए । ‘भोलि वा पर्सी परिषदबाट सिफारिस हुन्छ’ उनले भने ।

साथै रिक्त रहेका अन्य संवैधानिक पदहरुमा पदपूर्ति र संवैधानिक आयोगहरु गठनबारे पनि छलफल भइरहेको उनले बताए ।

‘हिजो मात्रै प्रधानमन्त्री र मेरो सामान्य कुराकानी भएको थियो’ उनले भने, ‘रिक्त रहेका संवैधानिक पदहरु पूर्ति गर्ने र संविधानले व्यवस्था गरेअनुसार अरु संवैधानिक आयोगहरु निर्माण गर्नेबारेमा छलफल भइरहेको छ । मैले बुझेसम्म प्रधानमन्त्री त्यसलाई पुर्णता दिने तयारीमा हुनुहुन्छ ।’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको प्रसंगमा नेकपानका अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै प्रकारको असन्तुष्टि नरहेको र नेता श्रेष्ठ प्रवक्ताकै जिम्मेवारीमा रहेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment