Comments Add Comment

राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई प्रदेश ५ प्यारो

२२ साउन, काठमाडौं । समग्र देश विकासको योजना तर्जुमा गर्नुपर्ने राष्ट्रिय योजना आयोगको नेतृत्व गर्ने व्यक्ति नै कुनै एउटा प्रदेशको समन्वयकर्ता बनेपछि अन्य प्रदेशलाई कसरी न्याया होला ? उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले यसैगरी आफूलाई आफ्नो गृह प्रदेशको प्यारो बनाएका छन् ।

राष्ट्रिय योजना आयोगले उपाध्यक्ष र सदस्यहरुको कार्यविभाजन गरेको छ । यसमध्ये उपाध्यक्ष डा. कँडेलले प्रदेश ५ को तहगत समन्वय गर्ने विशिष्ट जिम्मेवारी सम्हालेका छन् ।

उपाध्यक्ष कँडेलले संवैधानिक अंगहरु, प्रधानमन्त्रीको कार्यालय, संघीय तथा सामान्य प्रशासनका साथै समग्र समन्वय गर्नेसमेत भनिएको छ । त्यसैगरी समष्टिगत आर्थिक क्षेत्र, नीति सम्वाद, वित्त, अर्थ, परराष्ट्र, वैदेशिक सहायता तथा अनुगमन, दिगो विकास लक्षको समग्र समन्वय पनि उपाध्यक्ष कँडेलको कार्यक्षेत्रमा परेको छ ।

तर, समग्र देशकै नेतृत्व गर्नुपर्ने उपाध्यक्षले प्रदेश ५ को समन्वयकर्ताको भूमिका खेल्दा अन्य प्रदेशलाई न्याय नपाउने योजनाविदहरु बताउँछन् ।

कुन प्रदेश कसको जिम्मा ?

राष्ट्रिय योजना आयोगका सदस्यहरुमध्ये डा. कृष्णप्रसाद ओलीले प्रदेश १ को समन्वय गर्ने जिम्मेवारी पाएका छन् । त्यस्तै सदस्य डा. उषा झाले प्रदेश २ को जिम्मेवारी सम्हालेकी छिन् भने प्रदेश ३ को तहगत जिम्मेवारी डा. रामकुमार फुँयालले सम्हालेका छन् ।

गण्डकी प्रदेशको तहगत समन्वय डा. दिलबहादुर गुरुङले गर्दैछन् । प्रदेश ५ को उपाध्यक्ष कँडेल आफैंले समन्वय गरेका छन् भने कर्णाली प्रदेश र ७ नम्बर प्रदेशको तहगत समन्वय क्रमशः मीनबहादुर शाही र सुशील भट्टले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment