Comments Add Comment

प्रदेश ३ को बस्तुस्थिति बिबरण सार्वजनिक

प्रदेश समृद्धिका लागि आधार-मुख्यमन्त्री पौडेल

२२ साउन, हेटौंडा । प्रदेशका दश जिल्लामा रहेको अवसर र सम्भाव्यताको अध्ययन पश्चात प्रदेश ३ को नीति तथा योजना आयोगले वस्तुगत विवरण सार्वजनिक गरेको छ ।

प्रदेशको बिकासका लागि यहाँ भएका सम्भावनाको अध्ययन पश्चात कार्यक्रम सञ्चालनका लागि सहज हुने भएकाले आयोगले ४५ दिन लगाएर तयार पारेको प्रदेशको बस्तुस्थिति बिबरण २०७५ सार्बजानीक गरिएको हो ।

बिबरण सार्वजानिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै जिल्लामा पुगेर आयोगले गरेको अध्ययन अनुसार त्यहाँको सम्भावनालाई हेर्दै बिबरण तयार पारिएको बिबरणले प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउन सहयोग पुग्ने बताए ।

जनता समक्ष प्रत्यक्ष बिकासको भावना बिकास गर्न र उनीहरुले बिकासको बारे थाहा पाउँनका लागि बिबरण महत्वपूर्ण भएको उनले बताए ।
योजना आयोगले गरेको अध्ययनले जनतहमा पुगेर गरेको नीति तथा कार्यक्रमले विकासका सम्भावनालाई लाभमा रुपान्तरण गर्न सक्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

विवरणले प्रदेशको समृद्धिका लागि आवश्यक आधारको पहिचान र सूचना व्यवस्थापनका लागि सहज हुने आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले बताए ।

प्रदेशले सार्वजनिक गरेको विवरणबाट विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति र योजना बनाउन तथा यस विषयमा खोज, अध्ययन र अनुसन्धान गर्न सजिलो हुने बताइएको छ ।

प्रदेशको हरेको कामका लागि बिबरण उपयुक्त रहेको भन्दै सबै क्षेत्रको बिकास र योजना तयारका लागि महत्वपूर्ण रहने जानकारी कार्यक्रममा दिइएको थियो ।

बिविधतायुक्त भौगोलिक, सामाजिक तथा आर्थिक अवस्था भएको प्रदेश समृद्धिका लागि प्राथमिक योजना तयार गर्न सके नागरिकले नजिकबाट सरकारको अनुभुत गर्न सक्ने उपाध्यक्ष देबकोटाले बताए ।

प्रतिवेदनमा भूगोल, जनसंख्या, बन, जलस्रोत, पूर्वाधार, जीवनस्तर, जातीय विविधता, पेशा, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग र व्यापारको तथ्याङक समेटिएको छ ।

विवरणका आधारमा सबैतहका सरकार, राजनितिक दलका नेतृत्व सबै तहले बिकासको योजना बनाउन सक्ने भएकाले सार्वजानीक गरेको पुस्तक सरकारको महत्वपुर्ण सम्पती भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment