Comments Add Comment

इरानसँग व्यापार नगर्न ट्रम्पको चेतावनी

२२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ब्यापार नगर्न अन्य देशहरुलार्इ कडा चेतावनी दिएका छन् ।

अमेरिकाले इरानमाथि फेरि प्रतिबन्ध लगाएपछि ट्रम्प कडा रुपमा प्रस्तुत भएका हुन् । ‘इरानसँग व्यापार गरिरहेका जो कोहीले पनि अमेरिकासँग व्यापार गर्ने छैनन्’ राष्ट्रपति ट्रम्पले टि्वट गरेका छन् ।

अमेरिकाले इरानमाथि लगाएको नयाँ प्रतिबन्ध सोमबार रातिबाट लागू भएको छ भने तेल निर्यातसँग सम्बन्धित कडा प्रतिबन्ध आगामी नोभेम्बरबाट सुरु हुनेछ ।

इरानका राष्ट्रपति हसन अल रुहानीले भने अमेरिकाको प्रतिबन्ध ‘मनोवैज्ञानिक युद्ध’ भएको र यसले ‘इरानीहरु बीचमा विभाजनको बिउ रोप्ने’ बताए ।

युरोपियन युनियनले पनि वैध व्यापारबाट र्फमहरुलाई संरक्षण गर्ने उद्देश्य राखेको प्रतिबन्धको विरुद्धमा आफ्नो धारणा व्यक्त गरेको छ ।

गत मे महिनामा इरानको परमाणु सम्झौताको नामले पनि चिनिने संयुक्त विस्तृत कार्ययोजनाबाट हात झिकेपछि अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment