Comments Add Comment

चार संस्थालाई प्रदेश सरकारको ५३ लाख अनुदान

वर्षे अधिबेशन भोलिदेखि अन्त्य हुने

२३ साउन, काठमाडौं । प्रदेश ५ सरकारले वुटवलका विभिन्न संस्थाहरुलाई ५३ लाख अनुदान दिने निर्णय गरेको छ ।

प्रदेश ५ को बुधबार बसेको मन्त्रिपरिषद बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)लाई १० लाख, बालमन्दिरलाई दुई लाख र बुटवल महिला जेसीजलाई एक लाख गरी ५३ लाख अनुदान दिने निर्णय गरेको हो ।

उद्योग वाणिज्य संघको हलमा प्रदेशसभा बैठक बस्ने गरिएको छ भने बीटीआईमा कर्मचारीका लागि आवास र बाल मन्दिर र जेसिसको कार्यालय प्रदेशसभा समितिहरूले प्रयोग गर्ने गरेका छन् । उनीहरूले आफूहरूका लागि बैकल्पिक व्यवस्था गर्न माग गरेका थिए तर, प्रदेश सरकारले तत्कालका लागि अनुदान दिने निर्णय गरेको हो ।

यस्तै प्रदेश मन्त्रिपरिषदको कार्यसम्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीनवटा उपसमिति रहेको मन्त्रिस्तरिय समिति गठन गरिएको छ ।

राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक समाजिक तथा पूर्वाधार समिति गठन गरिएको सरकारका प्रवक्ता तथा भोतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए ।

यस्तै प्रदेश योजना आयोगमा रहने सदस्यहरुका लागि उमेर हद ४० बाट ३५ वर्षमा झारिएको छ । मन्त्रिपरिषदले बिहीबारदेखि प्रदेश ५ संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश मन्त्रिपरिषदले दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तनका लागि गाउँसभाबाट स्वीकृत भएर आएको प्रस्तावलाई संघीय सरकारमा पठाउने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment