बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

वायुसेवा निगमको लापरवाहीले वाइड बडी विमान दिल्लीमै रोकियो

Suzuki
अनलाइनखबर

२३ साउन, काठमाडौं । नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।

निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर यसपटक भने नयाँ विमानको पनि उडान अवरुद्ध भयो । विमानलाई ट्रान्जिट गर्ने इन्जिनियर नभएपछि विमान दिल्लीमै रोकिएको नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो इन्जिनियर पुग्दैछन् । उनले चेकजाँच गरेपछि विमान उड्छ,’ श्रेष्ठले भने । तर, उनले भनेजस्तो इन्जिनियर दिल्लीमै भएर पनि विमानस्थलमा नपुगेका होनइनन् ।

विमान उडाउन दिल्लीको विमानस्थलले इन्जिनयरबाट ‘क्लियरेन्स’ माग गरेको थियो । तर, ट्रान्जिट गर्ने इन्जिनियर विमानमा थिएनन् । त्यसैकारण सुरक्षाको कारण देखाउँदै विमानलाई दिल्लीमै रोकिएको छ ।

विमान रोकिँदा यात्रु अलपत्र परेका छन् । निगम स्रोतकाअनुसार साँझ थाइल्याण्डको बैंककबाट आउने बोइङ ७५७ विमानका इन्जिनियर दिल्ली पुगेपछि मात्रै रोकिएको वाइड बडी काठमाडौंतर्फ उड्नेछ ।

व्यवस्थापनको कमजोरीका कारण सास्ती भोग्नुपरेको भन्दै यात्रुले आक्रोश पोखेका छन् । विहान पनि यो वाइडबडी दिल्ली उड्न ढिला भएको थियो ।

२०७५ साउन २३ गते १९:३० मा प्रकाशित (२०७५ साउन २४ गते ८:२४मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१२ प्रतिकृयाहरू प्राप्त
  • suhrid लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १९:३३

    yesto taal le banayou hawai sewa ramro!! budhi aawos belai ma..nepali le ni nachadlan feri

    14
    5
    Share

  • shambhu kumar shrestha लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १९:४८

    kati samma ko laparbahi hola yetro barsa bhai sakyo sanchalan gareko kaha k chahincha bhanne thaha huda hudai pani yesto garne bhanepachi jasari huncha nepal airlines lai market ma kamjor banaune khel….

    1
    0
    Share

  • shyam khatri लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १९:४९

    नयां बिमान किन्न सक्ने व्यवस्थापन गर्न नसकी सरकारी ढुकुटी रित्ताउने,, अरबाै नाेक्सानमा लैजाने यस्था व्यवस्थापन कमिटी लाइ बरखास्त गरी, जेल हाली सक्षम मान्छे छानाै र काम गर्न दिदा राम्राे,,, नेपाल बायु सेवा निगमका हाकीम भनाैदालाइ बरखास्त गरी घाटा भएकाे पैसा यसैलाइ तिराउनु पर्छ र जेल हाल्नु पर्छ सरकार,,, नेपालीकाे रगत पसिनाबाट जम्मा भएकाे पैसाले खरिद गरिएकाे विमानकाे उचित हेरविचार भएन,,,,

    7
    0
    Share

  • pk लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २०:०३

    feri puranai rog lagdai chha RA ma. dubaune khel feri start bhai sakeko jasto chha. yasari reputation bigarne ho bhane ko chadchhan yasta airline ma?

    0
    0
    Share

  • भीम श्रेष्ठ लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २१:४४

    म सँग गाडी गुडाउने ईनणटरनेसनल लाईसन्स छ तर अब प्लेन उडाउने लाईसन्स त्यो पनि ईन्टरनेसनल लिएर आउछु र प्लेन कसरी पार्किङ गर्छ सिकाउछु। गजब छ बा हाम्रो नेपाल।

    0
    0
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २१:५६

    ए १९ वटा जहाज थपेर युएस, युके, अस्ट्रेलिया उड्छु भन्थ्यो आखिर दिल्ली मै रोकिएअछ – नेपाल चाही अब गफडिको अन्तरास्ट्रिय राजधानी नै भयो ।
    यस्तै मेनेजमेन्ट ले किन्ने उडाउने भयो १९ वटा जहाज ???

    6
    1
    Share

  • WaaiBee लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २३:०२

    Yo sarasar Nigam dubaune khel na ho. CEO ko dhyan jawas

    3
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २३:२५

    Dhikkaar , dhikkaar ani dhikkaar! kasto bebsthaapan ho? kasle tichha chheti?? kasto gair-jimmewaari

    3
    0
    Share

  • ram लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ४:५२

    Delay in flight means heavy cost for airlines , not monetary cost only but reputation of airlines as well .

    NAC is public sector and every nepali must bear this cost on the long run .

    We think all concern NAC officials should be accounted for such type of losses .

    2
    0
    Share

  • Ajay Gupta लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ६:०५

    I was passenger on this flight. Complete negligence and irresponsible act of airline staff. Horrible cabin crew! God bless Nepal!

    5
    0
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ८:४०

    Kamisan ko laagi naya BIMAN chai kinne ani sanchalan garna chai nasakne ,yi nalayak sabai laai bhrastachar mudhdha ma jail halnu parchha, yo ghatana sana jo sambandhit chhan tini haru sabai laai barkhast garnu parchha.

    0
    0
    Share

  • dinesh लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ९:३९

    bandar ko hath ma nariwol yestai ho

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this