Comments Add Comment

वायुसेवा निगमको लापरवाहीले वाइड बडी विमान दिल्लीमै रोकियो

२३ साउन, काठमाडौं । नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।

निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर यसपटक भने नयाँ विमानको पनि उडान अवरुद्ध भयो । विमानलाई ट्रान्जिट गर्ने इन्जिनियर नभएपछि विमान दिल्लीमै रोकिएको नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो इन्जिनियर पुग्दैछन् । उनले चेकजाँच गरेपछि विमान उड्छ,’ श्रेष्ठले भने । तर, उनले भनेजस्तो इन्जिनियर दिल्लीमै भएर पनि विमानस्थलमा नपुगेका होनइनन् ।

विमान उडाउन दिल्लीको विमानस्थलले इन्जिनयरबाट ‘क्लियरेन्स’ माग गरेको थियो । तर, ट्रान्जिट गर्ने इन्जिनियर विमानमा थिएनन् । त्यसैकारण सुरक्षाको कारण देखाउँदै विमानलाई दिल्लीमै रोकिएको छ ।

विमान रोकिँदा यात्रु अलपत्र परेका छन् । निगम स्रोतकाअनुसार साँझ थाइल्याण्डको बैंककबाट आउने बोइङ ७५७ विमानका इन्जिनियर दिल्ली पुगेपछि मात्रै रोकिएको वाइड बडी काठमाडौंतर्फ उड्नेछ ।

व्यवस्थापनको कमजोरीका कारण सास्ती भोग्नुपरेको भन्दै यात्रुले आक्रोश पोखेका छन् । विहान पनि यो वाइडबडी दिल्ली उड्न ढिला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment