Comments Add Comment

मणिग्राममा औद्योगिक व्यापार मेलाको तयारी

२४ साउन, बुटवल । रुपन्देहीको मणिग्राममा यस वर्ष पनि औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

उद्योग ब्यापार संगठन तिलोत्तमाको मुख्य आयोजनामा मंसिर ६ देखि १८ गतेसम्म औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव संचालन गर्न आवश्यक तयारी थालिएको आयोजकले जनाएका छन् ।

बुटवल र भैरहवाको मध्य भागमा पर्ने मणिग्राममा पहिलोपटक गत वर्ष तिलोत्तमा ब्यापार संघले ब्यापार मेला संचालन गरेको थियो ।

संगठनले कोटिहवामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । महोत्सव संचालनका लागि मणिग्रामस्थित ५ बिघा नीजि जग्गा प्रयोगमा ल्याउन जग्गाधनीसंग सम्झौता भइ अन्य तयारीका काम शुरु भएको संगठनका अध्यक्ष सत्यव्रत ज्ञवालीले बताए ।

महोत्सवमा ३ सय ५० स्टल राख्ने गरी मेला तथा महोत्सवको तयारीका लागि विभिन्न ३५ वटा उपसमिति गठन गरेको ज्ञवालीले बताए ।

महोत्सवमा स्थानीय घरेलु एवं स्वदेशी उत्पादन र कृषिलाई प्राथमिकता दिइने आयोजक उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।

विशेषगरी नेपाली उपभोक्ताहरु दैनिक उपभोग्य वस्तु किनमेलका लागि सीमावर्ती भारतीय बजारमा जाने परिपाटीलाई रोक्न पनि हरेक वर्ष आयोजना हुने औद्योगिक ब्यापार मेलाले टेवा पुर्‍याउने भण्डारीले बताए ।

महोत्सवको सहआयोजकमा तिलोत्तमा व्यापार संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा नगरपालिका रहेका छन् ।

तिलोत्तमामा क्रियाशिल ३ वटा व्यवसायिक संघ संस्थाले हरेक वर्ष आलोपालो मेला तथा महोत्सव आयोजना गर्न थालेका छन् ।

पत्रकार सम्मेलनमा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल,तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद शर्माले यसपटकको मेला तथा महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment