Comments Add Comment

कर्जाको व्याज तत्काल घटाउन सकिदैन : अध्यक्ष ढुंगाना

फाइल तस्वीर

२४ साउन, काठमाडौं । बैंकरहरुले तत्काल कर्जाको व्याजदर घटाउन नसकिनेे बताएका छन् । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन निर्देशन दिए पनि बैंकर्स संघले तत्काल त्यसो गर्न नसकिने जवाफ दिएको हो ।

संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको तत्काल ब्याजदर २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको पनि बताए । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने उल्लेख गरे । अध्यक्ष ढुंगानाले उनले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने बताए ।

अध्यक्ष ढुंगानाले बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएकाले पनि कर्जाको व्याजदर तत्काल घटाउन सकिने अवस्था नरहेको जानकारी दिए । देशका विभिन्न भागमा शाखा कार्यालयहरु स्थापना गर्दा बैंकको आन्तरिक खर्च बढन गएको संघको भनाइ छ ।

अध्यक्ष ढुंगानाले बैंकहरुले देशभर सेवा प्रवाहका लागि शाखा विस्तारको काम गर्दा पनि आलोचना हुने गरेको भन्दै असन्तष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment