Comments Add Comment

प्रदेश ५ मा फोरम सांसदको प्रश्न : नाम र राजधानी तोक्न कसले रोक्यो ?

२४ साउन, बुटवल । प्रदेश ५ का सांसद सन्तोष पाण्डेले सरकारले प्रदेशको नाम र स्थायी राजधानीमा चासो नदिएको आरोप लगाएका छन् ।

प्रदेशसभा बैठकको बिशेष समयमा बोल्दै उनले प्रदेशको स्थायी मुकाम र नाम तोक्न कसले रोक्यो भनी प्रश्न गरे ।

‘प्रदेशको नामाकरण यथासीघ्र होस्,भगवान गौतम बुद्धको नाम संसारमा परिचित छ यहाँ प्रदेशको नाम राख्न किन ढिलाइ ?’ उनले प्रश्न गरे ‘६ वटा प्रदेशमा बहुमतको सरकार,संघीय सरकारमा पूर्ण बहुमत छ, तर पनि यहाँ के ले रोक्यो नाम राख्न ?’

संघीय समाजवादी फोरमका नेतासमेत रहेका पाण्डेले सरकारलाई सकारात्मक सोंच राख्न र सदनमा सबै सांसदको अस्तित्व स्वीकार्न उनले आग्रह गरे ।

उनले भने ‘सरकारले भैरहवालाई ध्यानमा राखोस्,भैरहवामा मन्त्रालय लैजाऔं ।’

धेरै दिनपछि प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलको उपस्थिति देख्दा खुसी लागेको भन्दै उनले सरकारलाई आफुहरुको सहयोगी भूमिका रहेको तर बन्द हड्ताल,विरोध नगरेसम्म कसैले कुरा नसुनेको गुनासो गरे ।

‘संघीय समाजवादी फोरमका हामी ५ जना प्रदेश सदस्य छौं,हाम्रो अस्तित्व किन भएन ?’ पाण्डेले प्रश्न गरे ।

सभामुख र उपसभामुख फरक दलको बनाउनुपर्ने संवैधानिक व्यवस्था भए पनि किन संविधान कार्यान्वयन नगरेको भनी उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment