Comments Add Comment

गभर्नरले बैंकरलाई भने-जथाभावी नबोल्नुस्, लुछाचुँडी नगर्नुस्


२४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैकर्सलाई चेतावनी दिएका छन् ।

बैकर्स एशोसियसन र सेजनले विहीबार राजधानीमा गरेको अन्तरक्रियामा गर्भनर नेपालले समयअनुकुलको फाइदा हेरेर व्यवसायी र बैकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिए ।

पैसा धेरै भयो राष्ट्र बैंकले लिईदिनुपर्‍यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैंकर्स र तरलताको समयमा ऋण नलिएर समयअनुकल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै गभर्नर नेपालले दोहोरो भूमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराए ।

साढे २ बर्ष अघि मात्रै आफूले व्यवसायीलाई बैंकसँग पैसा लिएर काम गर्नु भन्दा नमानेको स्मरण गर्दे उनले भनेे, “दोहोरो बोल्ने काम नहोस् ।”

गर्भनर नेपालले वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भए पनि व्यवसायीक ओभर ड्राफ्टमा भने कमी नआएको स्पष्ट पारे ।

व्यवसायीक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन-कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भइरहेको बताए ।

गभर्नर नेपालले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिए । उनले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैंकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न ध्यानाकर्षण गराए ।

निर्देशन अनुसार आफूहरुलाई अघि बढाउन सचेत गराउदै उनले भने “राष्ट्र बैंक कठोर रुपमा आउनु नपरोस् । अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिसले जस्तो गर्नुपर्‍यो भने के हुन्छ ?”

गभर्नर नेपालले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तीय क्षेत्रलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment