Comments Add Comment

प्रदेश ५ को राजधानी र नाम जुराउन विशेष समिति गठन

तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने

२४ साउन, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ ।

बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

समितिले आगामी तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नामाकरणबारे अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोकिएको छ ।

समितिमा अस्थायी राजधानी रहेको रुपन्देहीबाट तुलसीप्रसाद चौधरी र रमा अर्याल रहेका छन् । अर्घाखाँचीबाट कल्पना पाण्डे, निर्मला क्षेत्री र चेतनारायणप्रसाद आचार्य छन् ।

कपिलवस्तुबाट विष्णुप्रसाद पन्थी र सहरराम यादव, बर्दियाबाट दीपेश थारू र भुवनेश्वर चाैधरी, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य, रोल्पाबाट दीपेन्द्रकुमार पुन, प्युठानबाट तारा जीसी, गुल्मीबाट दिनेश पन्थी र दाङबाट सरस्वती गौतम रहेका छन् ।

समितिमा पश्चिम नवलपरासी र रुकुम पश्चिबाट प्रतिनिधित्व भएको छैन । समितिले जस्तो प्रतिवेदन बुझाएपनि प्रदेश नामाकरण र स्थायी राजधानीको अन्तिम टुंगो भने प्रदेश सभाको दुई तिहाई वहुमतले निर्णय गर्ने संवैधानिक व्यवसथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment