Comments Add Comment

आमा बनेपछि पनि करिनाको क्रेज उस्तै, ह्वात्तै बढाइन् पारिश्रमिक

सैफ अली खानसँग बिहे गर्नुअघि करिना कपुरको करिअर ‘पिक’ मा थियो । तर, बिहेपछि उनको क्रेज ह्वात्तै घट्यो । गर्भवती भएपछि त उनको करिअर नै समाप्त भएको विश्लेषण कतिले गरे ।

नायिकाको हकमा अक्सर यस्तै हुन्छ । बिहेपछाडि पनि पहिलेकै गतिमा आफूलाई अघि बढाउन सफल हिरोइन निकै कम छन् । अझ बच्चा जन्माएपछि त लामो समय उनीहरुले बच्चाको स्याहारसुसारमै गुजार्नुपर्ने हुन्छ ।

तर नायिका करिना कपुरले आफूलाई अलग सावित गरिन् । बिहे गरेर बच्चा जन्माएपछि उनी धेरै समय रेस्टमा बसिनन् । आमा बनेको केही महिनामै आफ्नो तौल घटाएर सुटिङमा फर्किन् । र, अहिले उनको करिअरले फेरि पुरानै गति समात्न थालेको छ ।

करिनाले आमा बनेपछि अभिनय गरेको पहिलो फिल्म ‘वीरे दि वेडिङ’ हिट भयो । फिल्म हिट हुनुको सबैभन्दा बढि जस उनैले पाइन् किनकी फिल्ममा प्रमुख भूमिका उनकै थियो । यो फिल्म खेल्दा करिनाले निकै पारिश्रमिक लिएकी थिइन्, किनकी उनको क्रेज घटेको मानिएको थियो ।

तर, वीरे दि वेडिङको सफतासँगै उनले आफ्नो रेट ह्वात्तै बढाएकी छन् । उनी अन्य चल्तिका हिरोइनहरु दिपिका पादुकोण, कटि्रना कैफ, पि्रयंका चोपडाको जत्तिकै डिमान्ड गर्न थालेकी छन् । स्मरणीय छ कि दिपिका, कटि्रना र प्रियंका तीनैजना अविवाहित नायिका हुन् ।

करिना हालै करण जौहरले निर्देशन गर्ने मल्टिस्टारर फिल्म ‘तख्त’मा अनुवन्ध भएकी छन् । यो ऐतिहासिक विषयवस्तुमा आधारित फिल्ममा उनले १० करोड पारिश्रमिक लिएको बुझिएको छ । यसमा उनले रणवीर सिंहको दिदीको भूमिका निर्वाह गर्नेछिन् । यसैगरी उनी अक्षयकुमारसँग फिल्म ‘गुडन्यूज’ मा पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment