Comments Add Comment

भारत र चीनपछि जलविद्युत् क्षेत्रमा बंगलादेशको प्रवेश

photo:energynews

२५ साउन, काठमाडौं । बंगलादेशले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने भएको छ । चीन र भारतले लगानीमा होडबाजी गरिहरेका बेला बंगलादेश पनि नेपालको जलविद्युतमा लगानी गर्न आउन तयार भएको हो ।

हालसम्म बंगलादेशबाट जलविद्युत् क्षेत्रमा ठूलो प्रत्यक्ष वैदेशिक लगानी आएको छैन । जलविद्युत् क्षत्रेमा सहकार्य गर्न सहयोग आदान शुक्रबार द्विपक्षीय ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुँदैछ । समझादारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद काठमाडौं आइसकेका छन् ।

शुक्रबार विहान ११ बजेबाट दुबईदेशबीच मन्त्रीस्तरीय वार्ता हुनेछ । नेपाली टोलीको नेतृत्व उर्जामन्त्री वर्षमान पुनले गर्ने कायर्क्रम छ ।

बंगलादेशले जनार्दन शर्मा ऊर्जामन्त्री भएकै समयमा नै नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव राखेको थियो । नेपाल र बंलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन ।

‘बंगलादेश नेपालबाट विद्युत् खरिद गर्न, संयुक्त लगानी गर्न वा जुनसुकै विधिबाट पनि संयुक्त रुपमा काम गर्न तयार छ, यसले हामीलाई उत्साहित बनाएको छ,’ उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले भने,’समझदारी पत्रमा यस्तै विषयहरु उल्लेख हुनेछन् ।’

घिमिरेका अनुसारमा नेपालमा उत्पादित बिजुली बंगलादेशले किन्ने, जलविद्युतमा बंगलादेशी लगानी भित्र्याउने, पावर ट्रेडिङ गर्ने, नवीकरणयीय ऊर्जाको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, ऊर्जाका क्षत्रेमा तालिम लगायतका क्षमता अभभिवृद्धिका लागि संयुक्त प्रयास गर्ने लगायतका विषय एमओयूमा हुनेछन् ।

समझदारीपछि दुईदेशका ऊर्जा सचिव स्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सहसचिवस्तीय ज्वाइन्ट वर्किङ ग्रुप लगायतका संयन्त्रहरु बनाइनेछ । जसमार्फत आफ्ना ऊर्जासम्बन्धी हित र सरोकारका विषय दुईदेशबीच छलफल हुनेछ । भारतसँग पनि ऊर्जा सहयोग आदान-प्रदानका लागि यस्तै संयन्त्रमार्फत काम भइरहेको छ ।

घिमिरेले यो एमओयूपछि ठूला आयोजनमा लगानी विविधिकारण हुने विश्वास व्यक्त गरे । अहिले ठूला आयोजनामा चीन र भारतबीच लगानीको प्रतस्पिर्धा छ ।

तर, समयमै निर्माण नगर्ने परिपाटी रहेकाले बंगलादेशको प्रवेशले आयोजना ओगटेर राख्ने प्रवृत्ति निरुत्साहित गर्न सहयोग पुग्ने विश्वास सरकारको छ ।

बंगलादेशमा ऊर्जाको माग अत्याधिक रहेको र पछिल्लो सात वर्षमा हजारौं मेगावाट विद्युत् उत्पादन गरेको अनुभव छ ।

प्रसारणलाइनका विषयमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठकको आयोजना गरेर सहमति खोज्न सकिनेमा सरकार विश्वस्त छ । बंगलादेशमा बिजुली पुर्‍याउन भारतको सहयोग अत्यावश्यक पर्छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९ औँ शिखर सम्मेलनको क्रममा काठमाडौँमा भएको सहमतिअनुसार पनि ऊर्जा क्षेत्रमा लगानीका अवसर सिर्जना हुन सक्ने देखिन्छ । ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेन्ट’अनुसार पनि नेपाल, भारत, बङ्गलादेशबीच विद्युत् आदान-प्रदान तथा संयुक्त व्यापार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment