Comments Add Comment

सुनका गरगहनासहित भारतीय नागरिक पक्राउ

२५ साउन, वीरगञ्ज । बाराबाट प्रहरील २५ ग्राम अबैध सुनका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झारना ग्राम वडा नं.३ बस्ने जोखन साह सोनारको छोरा जितेन्द्र साह सोनार रहेका छन् ।

कलैया उपमहानगरपालिका वडा नं. १ स्थित सडकमा कलैयाबाट बरियारपुर तर्फ जाँदै गरेको भारतीय नम्बर बीआर ०५ यू २९२३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा जितेन्द्रको साथबाट अवैध सुनका गरगहना फेला परेको थियो ।

गहनाको मुल्य १ लाख २२ हजार ६ सय ६३ रहेको प्रहरीको भनाइ छ ।

सुनका तयारी गरगहना फेला पारेको हुदाँ जितेन्द्र साह सोनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।

त्यसैगरी, बारा प्रहरीले सवारी ज्यान मुद्धामा दोषी ठहर भई फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको साविक गा.वि.स. बघवन वडा नं. १ हाल कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने ईसमाईल मियाँ धोविको छोरा सबुदिन मिया धोबी रहेका छन् ।

धोविलाई २०७१ मंसिर ९ गते बारा जिल्ला अदालतले सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै २ बर्ष कैद र २ हजार जरिवानाको फैसला गरेको थियो ।

उनलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागारमा पठाईएको बारा प्रहरीले जनाएको छ ।

यसैबीच, बाराबाट प्रहरीले अबैध घरेलु मदिरा उत्पादन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा प्रसौनि गा.पा. वडा नं. २ स्थित मनक दासको श्रीमति मरवा गोसाई रहेकी छन् ।

साउन २३ गते ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले गोसाईलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment