बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

भन्सार छलेर भित्र्याएको सामान सशस्त्रद्वारा बरामद

Suzuki
अनलाइनखबर

२५ साउन, कैलाली । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढी (तत्कालीन सीमा सुरक्षा कार्यालय) को टोलीले शुक्रबार विहान भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका १० घुइयाघाट, सालघारीबाट स्थानीय शिव पार्कीको घरपछाडि राखेको अवस्थामा करिब तीन लाख १८ हजार रुपैयाँ बराबरका ड्रिल मेशिन, झया्लढोकाका चुकुलहरु, धाराको टुटी लगायतका हार्डवेयर, साइकल मोटरसाइकलका टायर, टयुब लगायत लत्ताकपडाहरु नियन्त्रणमा लिइएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।

उनले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न स्थानीयहरुले समेत सहयोग गर्नुपर्ने बताए ।

जनशक्ति अभावका कारण सबै ठाउँमा पुग्न नसकिने भएकाले चोरी तस्करी भैरहेको सूचना दिन स्थानीयहरुलाई उनले आग्रह गरे । उनले पक्राउ परेका समानहरु जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाएको जानकारी दिए ।

यसअघि पनि विभिन्न स्थानबाट पक्राउ गरेका समानहरु भन्सार कार्यालयलाई बुझाएको थियो ।

२०७५ साउन २५ गते १२:२६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • rajesh kr. mandal लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १४:३१

    bichara suntaskar harule sorce lgayera ultai jagir khaedin6n….aaba sanai ma6a tira lagnu paryo nee…great work…

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this