Comments Add Comment

‘दाल भात तरकारी’मा पुष्पल र स्वस्तिमाको जोडी, वैशाखमा रिलिज


मह संचारको प्रस्तुति तथा किरण केसीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘दाल भात तरकारी’का लागि मुख्य कलाकार फाइनल भएका छन् । चलचित्र ‘शत्रु गते’ बम्पर हिट भएपछि यसको निर्माणपक्षले निर्देशक र केही कलाकार हेरफेर गर्दै कमेडी कथामै चलचित्र ‘दाल भात तरकारी’ बनाउन लागेको हो ।

चलचित्रको निर्माणसँगै यसको प्रदर्शन मिति पनि फाइनल गरिएको छ । यो चलचित्र वि.सं २०७६ सालको वैशाख १३ गतेबाट रिलिज हुने निर्माता किरण केसीले जानकारी दिए ।

चलचित्रको मुख्य कलाकारको रुपमा नायक पुष्पल खड्का फाइनल भएका छन् । पुष्पलले चलचित्र ‘छक्का पन्जा ३’मा संझौता गरेरपनि पछि यो चलचित्र छाडेका थिए । अब, उनी कमेडी कथामै निर्माण हुन लागेको चलचित्र ‘दाल भात तरकारी’मा मुख्य भूमिकामा देखिदैछन् । उनी अहिले वर्कशपमा व्यस्त छन् ।

यस्तै, यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का पनि फाइनल भएकी छिन् । स्वस्तिमासँग कागजी संझौता भएको छैन । तर, उनको पारिश्रमिकदेखि सबै कुरा फाइनल भएको निर्माता केसीले जानकारी दिए । एक सातामा चलचित्रको बारेमा घोषणा गरिने जानकारी निर्माणपक्षले दिएको छ ।

‘शत्रु गते’मा मुख्य भूमिकामा देखिएका हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला भने यो चलचित्रमा देखिने छैनन् । किरण केसीका छोरा सुदन केसीले यो चलचित्र निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment