बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

चाडपर्वका बेला भारतसँगको सीमा नाकामा सहायता कक्ष राखिने

Suzuki
अनलाइनखबर


२५ साउन, काठमाडौं । चाडपर्वका बेला नेपाल र भारतका मुख्य नाकाहरुमा सहायता कक्ष राखिने भएको छ ।

दिल्लीमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलको संयुक्त बैठकमा चाडपर्वको समयमा मानिसहरुको सहज आवतजावतलाई सहज बनाउने सहमति भएको हो । त्यसका लागि मुख्य नाकाहरुमा सहायकता कक्ष समेत राखिनेछ ।

भारतबाट चाडपर्वमा घर फर्किएका बेला भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिने गरेको गुनासो धेरै आउँछ । दशैंतिहारमा आउने कयौं नेपालीहरु सीमा क्षेत्रमा लुटिएको खबरहरु समेत आउँछ । त्यसलाई सम्बोधन गर्न सहायता कक्ष राख्न लागिएको हो ।

सीमामा संयुक्त गस्ती गर्ने सहमति पनि भएको छ । मानव तथा लागू औषध तस्करी, हतियार ओसारपसार रोक्न संयुक्त गस्ती गर्ने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ ।

तीन दिनसम वार्तामा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलमा महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली सहभागी भएको थियो ।

२०७५ साउन २५ गते १४:३७ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this