Comments Add Comment

न्याम्सको उपकुलपति सिफारिस गर्न छलफल शुरु


२५ साउन,काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपति सिफारिस गर्न गठित समितिले अनौपचारिक छलफल थालेको छ ।

प्रधानमन्त्री तथा न्याम्सका कुलपति केपी शर्मा ओली बिहिवार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएका थिए । समितिमा विज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् ।

समितिको शुक्रवार अनौपचारिक छलफल भए पनि उपकुलपति सिफारिसबारे कुनै निर्णय नभएको स्वास्थ्यमन्त्री यादवले बताए । स्रोतका अनुसार उपकुलपतिका दाबेदारहरुको बारेमा छलफल भए पनि व्यक्ति औपचारिक बैठकमा मात्रै व्यक्ति केन्दि्रत छलफल हुनेछ ।

न्याम्सको उपकुलपतिका लागि डा.भगवान कोइराला, डा. जागेश्वर गौतम, श्रीकृष्ण गिरी, सीताराम चौधरी र डिएन शाहको नाम छलफलमा आएको छ । प्रधानमन्त्री तथा नेकपाको तर्फबाट जागेश्वर र भगवानको नाम अघि सारिएको छ । स्वास्थ्यमन्त्री यादवको लिष्टमा सीताराम चौधरी र डिएन शाह रहेको स्रोतकेा दावी छ ।

यसैबीच वीर अस्पतालका केही चिकित्सक तथा कर्मचारी युनियनहरुले भने न्याम्सभन्दा बाहिरबाट उपकुलपति ल्याउन नपाइने भन्दै स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएका छन् । यसो हुँदा डा. भगवान कोइरालालगायतलाई रोक्न सकिनेछ । त्यसो त डिएन शाह पनि न्याम्सभन्दा बाहिरका हुन् ।

न्याम्सको रजिस्टारमा भने एक्लै दौडमा मेडिकल काउन्सिलका रजिस्टार एवं प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दीलिप शर्मा छन् ।

वीर अस्पतालको निर्देशकमा डा. भुपेन्द्र बस्नेतलाई निरन्तरता दिन लागिएको स्रोतले जनाएको छ । न्याम्सका उपकुलपति डा. गणेश गुरुङसहित पदाधिकारीले बिहीबारबाट अवकाश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment