Comments Add Comment

नेकपा अध्यक्ष प्रचण्ड भदौ तेस्रो साता भारत जाने

फाइल तस्वीर

२५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

उनी पाँच दिने भ्रमणका क्रममा भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जानेछन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र भ्रमणको निम्तो दिएका छन् ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै उनी सेप्टेम्बर अन्तिम साता चीन जाने तयारी छ । यद्यपि औपचारिक पत्र आउन बाँकी छ । चिनियाँ राष्ट्रपति सी जिनपिङङसँग भेटवार्ता गर्ने गरी उनी चीन जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment