Comments Add Comment

इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री

'अपहरणकारीलाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो'

२५ साउन, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।

फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले अाफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’

गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै भने-  ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो । ’

यसैवीच गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

अघिल्लो दिन छानविन, भोलिपल्ट ‘मूल कुरा’

गृहमन्त्री थापाले विहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका थिए । तर, त्यसबारे छानविन नगर्दै शुक्रबार गृहजिल्ला चितवन पुगेका मन्त्री बादलले त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गरेका हुन् ।

भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या हुँदा र त्यसपछि प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा गृहमन्त्री थापा नेपालमा थिएनन् । त्यसबेला मन्त्री थापा इण्डोनेसियाको बालीमा आयोजित एक कार्यक्रममा भाग लिन गएका थिए ।

गृहमन्त्री थापा आफैंले अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ

गृहमन्त्री नेपाल फर्केर आइसक्दा नसक्दै प्रहरीले गरेको ‘इन्काउन्टर’ विवादमा परेको थियो । मारिएका अपहरणकारीका परिवारले मानवअधिकार आयोगमा समेत पुगेर यस विषयमा छानविन गर्न माग गरेका थिए ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय पनि यसबारे छानविन समिति गठन गर्नेमा नकारात्मक थिएन । र, सोही अनुसार गृहमन्त्री थापालाई सुरुमा इन्काउन्टरबारे छानविन समिति गठन गरिनुपर्ने बि्फङ भएको थियो । र, प्रहरी हेडक्वार्टरको सोही लाइनमा टेकेर मन्त्री थापाले विहीबार संसदीय समितिको बैठकमा इन्काउन्टरबारे छानविन हुने वचन दिए ।

यसैवीच विहीबार नै महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रतापसिंह ले गृहमन्त्री थापासँग भेट गरे । सिंह नेतृत्वको टोलीले गृहमन्त्रीलाई बि्रफिङ गर्दै भन्यो कि त्यो घटना फेक एन्काउन्टर होइन, साँच्चैको इन्काउन्टर नै हो ।

सम्भवतः मन्त्री थापा महाशाखाको भनाइमा कन्भिन्स भएकैले शुक्रबार उनले भरतपुर विमानस्थलपुगेपछि अपराधीहरुलाई ठाउँको ठाउँ मारिनु फेक इन्काउन्टर नभएको स्पष्टीकरण दिएका हुन् ।

गृहमन्त्री थापा आफैंले यो फेक इन्काउन्टर नभएको र अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविन समिति गठनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ ।

याे पनि पढ्नुहोस् 

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

निशानको परिवारले अपहरणकारीबाट क्षतिपूर्ति पाउने बाटो बन्द

‘इन्काउन्टरका नाममा गैरन्यायिक हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्छ’

अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या

भक्तपुर इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रालयको तयारी  

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै

प्रहरी टोली कसरी पुग्यो अपहरणकारीको डेरामा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment